मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तिवारी हत्याका अभियुक्त गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

तिवारी हत्याका अभियुक्त गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए


काठमाडौं । नेकपा (एमाले)को भ्रातृसंगठन युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्त भनिएका गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
 
रुपन्देहीको देवदहमा मंगलबार राति प्रहरी इन्काउन्टरमा उनी मारिएका हुन् । रुपन्देहीका एसपी श्याम ज्ञवालीले देवदह-४, भवानीपुरमा प्रहरीसँगको जम्काभेटका क्रममा प्रहरीलाई गोली हान्ने प्रयास भएपछि उनीमाथि गोली चलाउनुपरेको बताए ।
 
घाइते अवस्थामा रहेका पुनलाई लुम्बिनी अञ्चल अस्पतालमा ल्याउँदै गर्दा उनको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका थिए ।
 
उनले ०७३ पुस ४ गते यूवा संघका जिल्ला अध्यक्ष तिवारीको बुटवलमा गोली हानी हत्या गरेका थिए । हत्यापछि भारत पसेका पुनको समूहले गत असोजमा काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरद गौचनको हत्याकाण्डको समेत जिम्मा लिएको थियो ।
 
प्रहरीको खोजी सूचीमा रहेका पुनले भारतमै बस्दै आएका अर्का गुण्डा नाइके समीरमान सिँह बस्नेतसँग मिलेर अध्यक्ष गौचनको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । अर्का गुण्डा नाइके बस्नेतलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । 
 
युवा संघ रुपन्देहीका कोषाध्यक्षसमेत रहेका गुण्डा नाइके पुनकै समूहले केही महिनाअघि युवा संघ रुपन्देहीकै अर्का नेता बब्लु भनिने वसन्त पौडेलको हत्या गरेको थियो ।