मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जोशी र भण्डारी अब फिल्म निर्माणमा पनि

जोशी र भण्डारी अब फिल्म निर्माणमा पनि


हिमालयखवर संवाददाता- 
काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुमध्य व्यबसायमा सफल मानिएका दुईजनाले नेपालमा चलचित्र निर्माणमा लगानी गर्ने भएका छन् । 
 
नेपालमा धाराबाहिक चलचित्र बनाउने क्रममा सबैभन्दा अगाडी रहेका निर्देशक/निर्माता विकासराज आचार्यको ‘नाइ नभन्नु ल–५’ मा अमेरिकाका दुई सफल नेपाली व्यबसायी गौरीराज जोशी र हरिबोल भण्डारीले लगानी गर्ने भएका हुन् । जोशी र भण्डारी दुबैले यो चलचित्रमा संयुक्त रुपमा लगानी गर्ने निर्णय गरेका हुन् ।
 
‘मातृभूमिको कला, संस्कृति र मनोरञ्जनको क्षेत्रमा समेत योगदान गर्ने उद्देश्यले चलचित्रमा लगानी गर्न लागेका हौँ,’ भण्डारीले हिमालय खबरसँग भने । भण्डारी नेपाली कांग्रेस महासमिति सदस्य हुन् । यस अघि पनि भण्डारीले केही नेपाली चलचित्रमा निर्माताका रुपमा कार्य गरिसकेका छन् ।
 
अर्का निर्माता जोशी एनआएन अमेरिकाका क्षेत्रीय संयोजक हुन् । टेक्ससको ड्यालसमा सूचना प्रबिधिको व्यबसायमा कार्यरत जोशीको भने चलचित्रका लगानी तेश्रो पटक हो । दुबै जना अहिले चलचित्र निर्माण लगायत अन्य लगानीका विषयलाई लिएर बैठकका लागि नेपालमा छन् ।
 
सामिप्यराज तिमल्सिना र विकासराज आचार्यको कथा/पटकथामा निर्माण हुन लागेको ‘नाइ नभन्नु ल–५’ मा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा शिवाकोटी, स्याट्रिना शर्मा, डेब्यू भूमिकामा अभिषेक नेपाल रहेका छन् I त्यस्तै “नाई नभन्नु ल ” सिरिजका लोकप्रिय वाल कलाकार अनुभव रेग्मीसंगै राजाराम पौडेल, जयनन्द लामा लगायतका कलाकारको समेत संलग्नता यसमा रहनेछ । 
 
२०७५ भदौ २२ गते रिलिज हुनेगरि तयार हुन लागेको यो चलचित्रको छायांकन नेपालको मनोरम जिल्ला इलाममा हुनेछ । ‘केही छायांकन भने काठमाडौंमा पनि गर्ने योजना छ,’ निर्देशक आचार्यले भने ।