मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली सन्नी लियोनको बिहे अमेरिकी नागरिकसँग

नेपाली सन्नी लियोनको बिहे अमेरिकी नागरिकसँग


हिमालयखबर संवाददाता
न्यूयोर्क (अमेरिका) – आफूलाई ‘नेपाली सन्नी लियोन’ दाबी गर्ने नेपाली मोडल अर्चना पनेरुले अमेरिकी नागरिकसँग विवाह गरेको जनाएकी छिन् ।
 
केही दिनअघि आफ्नो फेसबुक स्टाटसमा अमेरिकी नागरिकसँग बिहे गरेको उल्लेख गर्दै उनले फोटोहरु अपलोड गरेकी छिन् । सार्वजनिक रुपमै आफू ‘पोर्नस्टार’ बन्न लालायित रहेको उल्लेख गर्दै उत्तेजक पोजका फोटोहरु राख्दै आएकी अर्चना पश्चिम नेपालको महेन्द्रनगरकी हुन् ।
 
उनकी आमाले समेत छोरीलाई पोर्नस्टार बनाउन आफू हरतरहले लाग्ने अभिव्यक्ति दिँदै आएकी छिन् । स्कूल पढ्दै गरेकी उनको गतिविधि र फोटोहरु सार्वजनिक भएपछि उनलाई स्कूलले समेत निष्कासन गरेको थियो । 
 
उनले एउटा नेपाली फिल्मसमेत खेलेकी थिइन् । तर उक्त फिल्म ‘सुपर फ्लप’ हुन पुग्यो । उत्तेजक अभिव्यक्ति र फोटोका कारण चर्चामा आएकी अर्चना पछिल्लो समयमा मिडियाबाट गुमनामजस्तै भएकी छिन् । 
 
भारतीय शैलीमा बिहे गरेको तस्बिर अर्चनाले फेसबुकमा राखेकी छिन् । उनले बिहे गरेको भनिएका युवाको फेसबुक आईडीमा क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरनजिकै रहेको पालोआल्टो सहरको वासिन्दा भएको उल्लेख गरेका छन् । केही नेपालीहरु फेसबुकमा ती युवाको साथी भएको पनि देखिन्छ । 
 
अर्चनासँग बिहे गरेको ती युवाले नेपाल भ्रमण गरेको फोटोहरु पनि फेसबुकमा अपलोड गरेका छन् । 
 
अमेरिकी नागरिकसँग बिहेपश्चात अर्चनाको यात्रा पोर्न फिल्मतर्फ हुन्छ या रोकिन्छ त्यो भने निश्चित छैन । पोर्न फिल्ममा जबरजस्ती लगाइएको भनिएकी नेपाली बिन्दू परियार केही वर्षदेखि गुमनाम छिन् । उनले आफ्नो पूर्व पतिबाट ठूलो रकम क्षतिपूर्ति पाउने फैसला टेक्ससको अदालतले गरेको थियो । त्यसयता बिन्दू गुमनाम छिन् ।