मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनामा घाइते खैरहनी ४ का वडाध्यक्षको मृत्यु

दुर्घटनामा घाइते खैरहनी ४ का वडाध्यक्षको मृत्यु


चितवन । चितवनको रत्ननगर–३ स्थित शान्तिचोकमा आइतबार राति ८ः ३० बजे भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका खैरहनी नगरपालिका वडा नं ४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको छ । अधिकारीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । 
 
आइतबार राति खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना ३ च ९८४० नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा २ झ १३४४ नम्बरको सरकारी गाडी एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनामा खैरहनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो । 
 
दुर्घटनामा घाइते सवारी चालक खैरहनी–१२ का राजकुमार अधिकारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् फरार रहेको बोलेरो गाडीका चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।