मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सौराहाचोकमा खुल्यो मेगा कृषि सहकारी

सौराहाचोकमा खुल्यो मेगा कृषि सहकारी


चितवन । पूर्वी चितवनको सौराहाचोकमा मेगा कृषि सहकारी संस्था लिमिटेडको कार्यालय सोमबार एक कार्यक्रमबीच समुद्घाटन भएको छ । उद्घाटनसँगै कारोबार सुरू भएको छ । 
 
सहकारी डिभिजन कार्यालय भरतपुरका निमित्त प्राचार्य इमनाथ कँडेलले कार्यालय उद्घाटन गर्दै मेगा सहकारीले रोजगार र स्वरोजगार सिर्जना गर्न समिति र शेयर सदस्यबीच हातेमालो हुनुपर्ने बताए । 
 
उनले आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता पूरा गर्ने उद्देश्यले सहकारीको स्थापना भएकाले बचतलाई शेयरमा परिणत गरेर सफलता हासिल गर्न सुझाव दिए । 
 
संस्थाका लेखा समिति संयोजक रामचन्द्र चौधरीले ढेड वर्षको दौरानमा सबैको हातेमालोबाट पवित्र उद्देश्यका साथ संस्था स्थापना गरिएको बताउँदै कृषि, पर्यटन, दुग्धलगायतमा आयआर्जनका लागि शेयर सदस्यलाई सेवा पुग्ने विश्वास व्यक्त गरे । 
 
संस्थाका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सूर्य चौधरीले स्वागत मन्तव्य राखेका थिए । ५ करोड रुपैयाँ शेयर पुँजी रहेको सो सहकारीले ०७९÷८० सम्म चुक्ता पुँजीमा परिणत गर्ने उद्देश्य राखेको छ ।