मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाद्धारा हेल्पडेस्क संचालन (भिडियो सहित)

एनआरएन अमेरिकाद्धारा हेल्पडेस्क संचालन (भिडियो सहित)


 भूपेन्द्र न्यौपाने / हिमालयखबर संवाददाता
अष्टिन (टेक्सस)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले टेक्ससको अष्टिनमा हेल्पलाइन सहितको हेल्पडेस्कको सुरुवात गरेको छ । 
 
अमेरिकामा रहेका नेपालीहरुका समस्या समाधान गर्ने उद्देश्य राखेर हेल्पडेस्क सञ्चालनमा ल्याएको हो । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल तथा उपाध्यक्ष एवम हेल्पडेस्क समिती संयोजक उमा कार्की थापाले संयुक्त रुपमा हेल्पलाइन नम्बरको संचालनमा ल्याएका हुन् ।
 
८४४–६७६–२८७२ नम्बर डायल गरेर प्राप्त हुने जानकारी अनुसार आफ्नो समस्या टिपाउन सकिन्छ । हेल्पडेस्क समिती संयोजक तथा एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापाले एनआरएनएले समाधान गर्न सक्ने समस्या भएमा एनआरएनले समाधान गर्ने र एनआरएन मार्फत समाधान नहुने समस्या भएमा सरोकारवाला निकायस“ग समन्वय गरेर समस्या समाधानको उपाय खोजिने जानकारी दिइन् ।
 
बरिष्ठ संचारकर्मी तथा चलचित्रकर्मी नारायण पुरीद्धारा निर्देशित नाटक 'नेपाल आमा'
 
हेल्प डेस्कलाई प्रभावकारी बनाउन सबैपक्षहरुस“ग समन्वय गरिरहेको र सबै च्याप्टरहरुमा च्याप्टर स्तरिय हेल्प डेस्क समिती गठन हुने भएको छ । कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा पौडेलले आलोचनाका लागी आलोचना मात्रै नभएर राम्रो कामको प्रशंसा गर्नुपर्नेमा जोड दिंदै हेल्पडेस्क तथा टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको उल्लेख गरे । 
 
हेल्प डेस्क संगै आइडी कार्ड, नेपाली भाषा पुस्तक, छात्रबृत्ति लगायतका प्रशंसायोग्य कार्यक्रमहरुलाई सबैको सहयोग अपरिहार्य भएको अध्यक्ष पौडेलले बताए । 
 
कार्यक्रममा स्थानीय कलाकाहरुको नृत्यसगै बरिष्ठ संचारकर्मी तथा चलचित्रकर्मी नारायण पुरीद्धारा निर्देशित नाटक 'नेपाल आमा' मा मन्चन गरिएको थियो ।  नाटकमा कलाकारहरु सुभाष थापा, बिनिता खड्का, दीपक हुमागाइले अभिनय गरेका थिए । फोटो: रबिन पिया