मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जल्सको मेघा कन्सर्टको रकम धुर्मुस सुन्तलीलाइ

लसएन्जल्सको मेघा कन्सर्टको रकम धुर्मुस सुन्तलीलाइ


हिमालयखवर संवाददाता
लसएन्जलस (अमेरिका) – गत साता लसएन्जलसमा अायोजना भएको नेपाल अाइडलका कलाकारहरूको प्रस्तुतिबाट संकलन भएको मध्य एकलाख ६० हजार रूपैयाँ अायोजकले नेपालको धुर्मुस सुन्तली फाउण्डेसनलाइ प्रदान गर्ने घोषणा गरेका छन् । 
 
गत अाइतबार अायोजना भएको कार्यक्रममा अपेक्षित मुनाफा नभएपनि मातृभूमिका लागि योगदान गर्नका लागि उक्त रकम सहयोग गर्न लागिएको अायोजकले जनाएका छन् । सहयोग रकम यसै साता प्रदान गरिने जनाइएको छ । 
 
लसएन्जलसमा अायोजना भएको मेघा कन्सर्टमा कलाकारहरु प्रताप दास, निशान भट्टराई र बुध्द लामाको सदाबहार नेपाली गीत संगीतको प्रस्तुत गरेका थिए । 
 
यसैबीच नेपाल अाइडलका तीन विजेताहरूले यसै साता टेक्ससको अस्टिन र ड्यालसमा समेत प्रस्तुति दिइसकेका छन् । टेक्ससको राजधानी अस्टिनमा बुधबार र ड्यालसमा शुक्रबार उनीहरूले सांगितीक प्रस्तुति दिएका थिए ।
 
लसएन्जलसबाट नेपाल आइडल मेगा कन्सर्टमा सहयोग पुर्याउने बिज्ञापनदाताहरु :
फोकस एकाउण्टिङ्ग एण्ड सिपिए, (जय दाहालश्याम श्रेष्ठ, युवराज ओली)एकाउण्टिङ्ग एण्ड विजनेस सर्भिसेस, (राजेन्द्र शिवाकोटी),तामाङ सोसाइटी उत्तर अमेरिका, लसएन्जल्स ,तारा हिमालयन कुजीन, इन्डियन किचन, (राजेश निरौला)अन्नपुर्ण फाइन इन्डियन कुजिन, अर्जुन ठकुरी, कमल प्यालेस(अनिल के सी ) रियल्टर सुरेन्द्र सापकोटा, राइजिङ्ग इन्टरनेसनल, बुद्धिस्ट सोसाइटी अफ क्यालिफोर्निया,हिमालयन हाउस(रेणु कायश्थ) इन्डियन कार्य कुजीन, चित्र भण्डारी, अर्जुन ठकुरी, हिमालयन ग्रील, (अमृत महतो)नमस्ते इन्डियन किचन(देवी चरण घिमिरे ) कन्सर्ट ब्यबस्थापनको निम्ति सहयोगीहरु  एनआरएनएका सामाजिक अभियान्न्त एवं एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष ,रामबावु पाण्डे , महिला संयोजक इन्दिरा त्रिपाठी र स्वयंसेवकहरुमी सौजन्य शाह ,रमेश श्रेष्ठ, किरण गौतम, उत्तम जंग थापा, परशुराम गिरि,अन्जना बस्नेत, चिरन गौतम, गोपाल अधिकारी र शमसेर  भण्डारी र नृत्यमा सहयोग गर्ने सुरज श्रेष्ठ, अनु खड्का, सिर्जना भण्डारी एंव प्राविधिक रुपमा सहयोग गर्ने अमित लुइटेल र सिनेमाट्रोग्राफर शंकर वाग्ले लगायत सम्पुर्ण पत्रकारहरुलाई समेत  सहयोग र समर्थनका लागि धन्यवाद सहित  आयोजकका तर्फबाट टेक लामाले हार्दिक आभार प्रकट गरेका छन् ।