मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्याकेजमा सहमति भएपछिमात्रै सरकारमा जान्छौँ : दाहाल

प्याकेजमा सहमति भएपछिमात्रै सरकारमा जान्छौँ : दाहाल


हिमालय खबर संवाददाता-
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएरमात्रै सरकारमा सहभागी हुने बताएका छन् । 
 
एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार गठन प्रक्रियामा नेकपा माओवादी केन्द्र सरकारमा नगएको विषयमा प्रश्न उठेको टिप्पणी गर्दै सरकार र पार्टी एकताको विषयमा प्याकेजमा सहमति गर्नेगरी छलफल शुरु भएको बताए ।
 
“सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ,” दाहालले भने, “तर हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि विभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौं । अहिले सकारात्मक छलफल शुरु भएको छ ।”
 
पार्टी एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताउँदै अध्यक्ष दाहालले अधिकांश विषयमा सहमति भएको र केही विषयमा छलफल गर्न बाँकी रहेको बताए । 
 
वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउँदै अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।