मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पार्कल्याण्ड स्कुलमा मारिने विद्यार्थीकी आमाको चीत्कार -“राष्ट्रपति ट्रम्प अव त केही गर”

पार्कल्याण्ड स्कुलमा मारिने विद्यार्थीकी आमाको चीत्कार -“राष्ट्रपति ट्रम्प अव त केही गर”


हिमालयखवर संवाददाता
अमेरिका- "राष्ट्रपति डोनाल्ड ट्रम्प अव त केही गर्नु होस, हामी अहिल्लै केही गर्नुहोस् भन्ने चाहान्छौं, यी केटाकेटीलाई सुरक्षा चाहिएको छ" यो फ्रलोरिडाको पार्कल्याण्ड स्थित मैरजोरी स्टोनम्यान डगलस हाईस्कूल भएको गोलीकाण्डमा परेकी छोरीकी आमा लोरी अल्हडिफको वेदना हो ।
 
"कसरी एउटा बन्दुकधारी स्कुलमा प्रवेश गर्न सक्यो ? सुरक्षा व्यवस्था उसले कसरी पार गर्‍यो त्यहाँ कस्तो सुरक्षा थियो" भार विभोर हुदैं उनले सीएनएनको क्यामरामा सामु भनिन् – कसरी एउटा सन्काहा व्यक्ति मेरो छोरीको कक्षा कोठामा पुगेर झ्याल खोली बन्दुक चलाउन सक्यो ?
 
पार्कल्याण्ड स्थित उक्त स्कुलमा भएको गोली काण्ड अमेरिकाको स्कुलमा भएका गोलिकाण्डका विभत्स घटना मध्ये एक हो ।  लोरीकी १४ वर्षीय छोरी एलिसाले उक्त नरसंहारमा ज्यान गुमाएकी थिइन । 
 
यो घटनाले अमेरिकामा बन्दुक राख्न पाउने नपाउने बहस पुन उठेको छ । सजिलै बन्दुक किन्न पाउने प्रावधानले पटक पटक गोलीवारिका घटना भएको र कयौँ निदोर्षले ज्यान गुमाएका छन् । यसकारण बन्दुक सजिलै किन्न पाउने प्रावधान समाप्त गर्नु पर्ने माग उठेको हो । तर, बन्दुक राख्न पाउनु पर्छ भन्नेका पक्षपातीहरूले यसलाई स्विकार्दैनन् । राष्ट्रपति ट्रम्पलेपनि यसलाई मानसिक समस्या भनेका छन् । तर, यस्ता घटनाले अमेरिकामा बन्दुक सजिलै प्राप्त गर्न सकिने प्रावधानको आलोचना बढ्दो छ ।
 
फ्लोरिडा राज्यको मुख्य सहर मियामीवाट उत्तर पश्चिम स्थित एक घण्टाको दुरीमा पर्ने पार्कल्याण्ड तुलनात्मक रूपमा शान्त र कम अपराध हुने सहरमा पर्थ्यो । बुधवार बेलुकासम्म त्यहाँ सबै ठिकठाक थियो । स्कुल छुट्टी हुने वेला हुन लागेको थियो । त्यही वेला उक्त स्कुलबाट एक वर्ष अघि अनुशासनहिन गतिविधिका कारण निष्काशित गरिएका एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको मृत्यु भयो । मृत्यु हुनेमा केटोकटी देखि वयस्कसम्म छन् । स्कुलका फुटबल प्रशिक्षक आफ्ना विद्यार्थीलाई गोलीबाट बचाउँदा बचाउँदै ढल्न पुगे ।
 
जब गोली चल्यो जताततै चीत्कार र कोलाहल सुनिएको थियो । विद्यार्थीहरू डराएर भाग्न थालेका थिए । यो घटना पछि उक्त स्कुल केही दिनका लागि बन्द गरिएको छ ।
 
हमलाकारी १९ वर्षीय निकोलस क्र्रुज त्यहाँ ठुलै घटना घटाउने उद्देश्यले अर्धस्वचालित एआर १५ राइफल सहित स्कुलमा प्रवेश गरेका थिए । पहिला उनले फायर अलार्म बचाए । 
 
विद्यार्थीहरू अचम्म मान्दै बाहिर निस्किएका वेला उनले अन्धाधुन्ध गोली चलाएका थिए । करिब ४० राउण्ड गोली चलाएको प्रहरीले बताएको छ । उनीसँग अझ विध्वंस गर्न सक्ने गोली र विस्फोट थिए । 
 
यस्तो ठुलो नरसंहार पछि पनि निकोलस विद्यार्थीको भिडमा मिसिएर चलाखीपुर्वक घटनास्थलबाट भागेका थिए । पूर्व विद्यार्थी भएकाले उनलाई स्कुलको बारेमा सबै राम्रो जानकारी थियो। नरसंहार गरेर भागेका निकालेस् सव वेमा गएर पेय पदार्थ किने त्यहाँ केही छिन बिताएर अर्को स्थानको म्याकडोनाल्डमा बसिरहेका वेला प्रहरीले पक्राउ गरेको हो । उनी घटनास्थल भन्दा करिब २ माइल पर पुगिसकेका थिए । 
 
निकोलसको सोसियल मिडिया विश्लेषण गर्दा उनी कहीँ कतै ठुलो नरसंहार गर्ने योजनामा रहेको भेटिएको छ । उनले राइफल भने वैधानिक रूपमै खरिद गरेका थिए । निकोलस उक्त स्कुलका २०१६ का विद्यार्थी थिए । के उद्देश्यले उनले यस्तो नरसंहार गरे यो पुष्टि भएको छैन । तर, उनले त्यस स्कुलमा पढ्ने एक विद्यार्थीसँग एक तर्फी प्रेम रहेको बताइएको छ । प्रेम दिवस अर्थात् भेटिन्स्टाइन डेकै दिन उनले यत्रो ठुलो नरसंहार गर्न पुगे ।  
 
अमेरिकामा विगत २० वर्ष यता स्कुलमा भएका गोलिकाण्डमा ७० भन्दा बढीले ज्यान गुमाएका छन् ।
 
बिहीबार अदालतमा पेश भएका निकालेसले आफ्नो अपराध स्विकारेका छन् । उनलाई १७ जनाको ज्यान लिएको, अन्य कयौँलाई घाइते बनाएको आरोप लगाइएको छ । तस्बिर: सामाजिक संजाल