मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

शुक्रबार नेपाल आइडलका तीनैजनाको प्रस्तुति ड्यालसमा

शुक्रबार नेपाल आइडलका तीनैजनाको प्रस्तुति ड्यालसमा


ड्यालस (टेक्सस) – सांगितीक टूरको क्रममा अमेरिकामा रहेका नेपाल आइडलका तीन फाइनलिस्टहरुले भोली शुक्रबार ड्यालसमा आफ्नो प्रस्तुति दिने भएका छन् ।
 
टेलिभिजन शो नेपाल आइडलका विजेता बुद्ध लामा तथा उपविजेताहरु निशान भट्टराई र प्रताप दाशले शुक्रबार साँझ ड्यालसस्थित ‘ब्ल्याक एकाडमी अफ आर्ट एण्ड लेटर’ मा प्रस्तुति दिने भएका हुन् ।
 
साँझ ७ बजेदेखि ११ बजेसम्म कार्यक्रम हुने आयोजकहरुले जनाएका छन् । सांगितीक प्रस्तुतीको क्रममा तीनैजना ड्यालस आइसकेका छन् । 
 
कार्यक्रम बारे थप जानकारीका लागि स्थानीय आयोजकहरु उज्जल सिंह, रित श्रेष्ठ, सुदीप ढुंगाना र सन्तोष खड्कासँग सम्पर्क राख्न सकिने जनाइएको छ ।