मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओली प्रधानमन्त्री नियुक्त, राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण

ओली प्रधानमन्त्री नियुक्त, राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेकी छिन् । 
 
एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । 
 
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज अपरान्ह राष्ट्रपति निवास शीतल निवासमा ओलीले राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् । उनले ईश्वरको नाममा भन्ने शब्द उच्चारण नगरी देश र जनताको नाममा शपथ गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत अन्य उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

 
गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठन भएको हो ।