मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विश्वकप क्रिकेटको यात्रामा निस्कियो नेपाल

विश्वकप क्रिकेटको यात्रामा निस्कियो नेपाल


हिमालयखवर संवाददाता-
अमेरिका । नामिबियामा सञ्चालन भैरहेको डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्रिकेटमा अग्रणी मानिएको क्यानडालाई हराउँदै नेपाल विश्वकप छनोट खेल्ने भएको छ।
 
क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको ब्याटिङले पुरा भएको हो। करन केसीले ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए। उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई विश्वकप नजिक पुर्‍याएका थिए । 
 
नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए। आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए।  यस्तै १२ बल खेलेका सोमपाल कामीले ‍७ रन बनाएर आउट भए।
 
चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषवाकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए।
 
सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए। उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए। परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।
 
छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए।
 
खेलमा अन्तिममा बलर करन केसी र सोमपाल कामीले नेपाललाई सम्मानजनक स्कोर बनाउन सहयोग गरेका थिए ।