मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अोली तीन र प्रचण्ड दुइ बर्ष प्रधानमन्त्री हुनेगरि सहमति हुँदै

अोली तीन र प्रचण्ड दुइ बर्ष प्रधानमन्त्री हुनेगरि सहमति हुँदै


हिमालयखवर संवाददाता-
काठमाडौं ।  एमाले र माओवादीबीच संगठन र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । 
 
एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टा-छुट्टै बैठक बसेको थियो र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ताहरुमा आफूहरुबीच भएको सहमति जानकारी गराएका छन् । दुबै दलका नेताहरुले बताए अनुसार एकतापछि पार्टीमा प्रचण्ड र ओलीको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको जनाइएको छ । 
 
नेताहरुलाई ब्रिफिङ गर्दा ओलीले दुबैले मिलेर अध्यक्ष पद चलाउने सहमति नजिक रहेको बताएका छन् भने प्रचण्डले सहअध्यक्ष भनेका छन् ।
 
द्वि-अध्यक्ष कि सहअध्यक्ष भन्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने छ । एक नेताले भने, ‘दुबै नेताले आफूहरुलाई सहज हुने गरी प्रस्ताव ल्याउने कुरा भएको छ ।’
 
आलोपालो प्रधानमन्त्रीः
 
एमाले र माओवादीबीच ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति पनि जुटेको छ ।
 
माओवादी नेताहरुले यो भद्र सहमति भइसकेको दाबी गर्दै आएका थिए भने एमालेले अस्वीकार गरेका थिए । यद्यपि वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रुपमा नै आलोपालो प्रधानमन्त्रीको सहमति भएको बताएका थिए ।
 
बुधबार एमाले अध्यक्ष ओलीले ‘प्रचण्डजीले जोड दिनुभएको छ’ भन्दै आलोपालो स्वीकार गरेको पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन् । स्रोतका अनुसार अोलीले तीन वर्ष र त्यसपछिको बाँकी दुइ वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । 
 
आजको बैठकले पार्टी एकता गर्ने सहमति भएको घोषणा गर्न सक्छ । साथै विचार र संगठनबारे गृहकार्य गर्न दुई छुट्टाछुट्टै कार्यदल बनाउने एक नेताले बताए ।
 
पार्टी कमिटीहरु छरितो बनाउने दुबै दलको सहमति छ । सम्भवतः केन्द्रीय कमिटी ९९, पोलिटब्यूरो ३३ र स्थायी कमिटी ११ सदस्यीय हुनेछ । यद्यपि यसमा छलफल जारी छ ।फोटो: चेतन अधिकारीको फेसबुक बाट