मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अन्तर्राष्ट्रिय विमानस्थलनजिक आगोलागी, केहीबेर उडान प्रभावित

अन्तर्राष्ट्रिय विमानस्थलनजिक आगोलागी, केहीबेर उडान प्रभावित


काठमाडौं, फागुन १ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा मंगलबार आगोलागी हुँदा केहीबेर उडान प्रभावित भएको छ ।
 
आन्तरिकतर्फको कार पार्किङनजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगोलागी भएको थियो ।
 
आगोलागीका कारण ९ मिनेट विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
 
‘विमानस्थलको पश्चिम क्षेत्रको गल्फ कोर्षनजिकैको फोहरमा धुवाँको मुस्लो देखियो । लगत्तै विमानस्थलकै दमकलको सहायताले आगो नियन्त्रणमा लिइयो । अहिले सबै उडान सामान्यरुपमा सन्चालन भइरहेको छ’–उनले भने ।
 
प्रवक्ता ठाकुरकाअनुसार आगोलागीको यकिन कारण पत्ता नलागेपनि पशुपति क्षेत्रनजिकै भएको र आज शिवरात्रि पर्व परेकाले लागुऔषध दुर्व्यसनीकर्ताका कारण आगोलागी भएको हुनसक्ने अनुमान गरिएको छ । रासस