मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ढिलो–चाँडो प्रधानमन्त्री भएर चितवन आउँछु : प्रचण्ड

ढिलो–चाँडो प्रधानमन्त्री भएर चितवन आउँछु : प्रचण्ड


चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ढिलो–चाँडो प्रधानमन्त्री हुने बताएका छन् । 
 
पश्चिम चितवनको गौरीगञ्ज माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आएका प्रचण्डले भने, “अहिले टुंगिएको त छैन । तर, ढिलो–छिटो प्रधानमन्त्री भएर आउँछु ।”
 
उनले बोल्नुअघि मन्तव्यका क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । 
 
नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री हुने सहमतितर्फ संकेत गर्दै उनले भने, “ढिलो छिटो म सरकार प्रमुख हुन्छु ।”
 
सम्बोधनका क्रममा प्रचण्डले गरिब देश भएका कारण आफूले नोेबल पुरस्कार नपाएको गुनासो गरे । उनले भने, “बृहत शान्ति सम्झौता गर्ने कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र आफू गरिब देशकै भएकाले पश्चिमाहरुले त्यति महत्व दिएनन् । यद्यपि अहिले भने पश्चिमाहरुले नेपालको शान्ति प्रक्रियाबारे अध्ययन थालेका छन् ।”
 
यसअघि जनयुद्धको २३औँ वार्षिकोत्सवका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले नेपालमा समाजवाद स्थापनाका लागि कम्प्युनिष्ट पार्टीहरु मिल्नुपर्नेमा जोड दिँदै जनयुद्ध दिवसकै दिन एमालेसँग पार्टी एकताको टुंगो लगाउने बताएका थिए ।