मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक साताभित्रै नयाँ सरकार : नेता नेपाल

एक साताभित्रै नयाँ सरकार : नेता नेपाल


चितवन । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब एकहप्ताभित्रै नयाँ सरकार बन्ने बताएका छन् । 
 
चितवनको पटिहानीमा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापन गर्दै नेता नेपालले सरकारले आकार ग्रहण गर्नुभन्दा पहिले एमाले–माओवादी पार्टीबीच एकीकरण हुने बताए । 
 
एमाले माओवादीबीच एकताले अरु पार्टीलाई पनि एकताको सन्देश दिने उनले बताए । 
 
उनले भने, “नयाँ प्रधानमन्त्री आएपछि नयाँ कार्यक्रमका साथ देश विकासको चरणमा प्रवेश गर्छ । देशमा आर्थिक विकास र समृद्धिको अभियान सुरू भएकाले सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्छ ।” 
 
चितवन ७८औँ जिल्लाको रुपमा रहेको भन्दै उनले मेची–महाकाली जोड्ने पुल रहेको बताए । चितवनमा भइरहेको दु्रत विकास अरु जिल्लाका लागि प्रेरणाको स्रोत रहेको उनको भनाइ थियो ।