मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा पौडेलले चेपाङ युवालाई डाक्टर बनाउने

डा पौडेलले चेपाङ युवालाई डाक्टर बनाउने


चितवन । चितवनका वरिष्ठ चिकित्सक एवम् वीर अस्पताल काठमाडौँका नाक, कान, घाँटी विभागका विभागीय प्रमुख डा ढुण्डीराज पौडेलले एक चेपाङ युवालाई डाक्टर पढाउने घोषणा गरेका छन् । 
 
नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका डा पौडेलले पूर्वी चितवनको गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित रहेर चितवन माविमा विज्ञान विषयमा प्लस टु पढ्दै गरेका गणेशमान चेपाङलाई एमबीबीएस पढाइदिने बताएका हुन् । 
 
मंगलबार केन्द्रमा आयोजित कार्यक्रममा डा पौडेलले चेपाङ समुदायबाट पहिलो डाक्टर बनाउने अठोट गर्दै एमबीबीएस पढ्दा लाग्ने सम्पूर्ण खर्च आफ्नो तर्फबाट लगानी गर्ने घोषणा गरेका हुन् । 
 
उनले भने, “म चेपाङ समुदायबाट पहिलो डाक्टर बनाउन चाहन्छु । गणेशमान चेपाङलाई एमबीबीएस पढाउने जिम्मा मैले लिएँ ।”
 
कालिका नगरपालिका, मैतेशका चेपाङलाई केन्द्रका सल्लाहकार डा ढुण्डीराज पौडेलले डाक्टर पढाउने उद्घोष गरेपछि चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले खुशी प्रकट गरेका छन् । 
 
उनले भने, “यसअघि केन्द्रकै होमराज चेपाङ एनपीआई भरतपुरमा सिभिल इन्जिनियरिङ पढ्दैछन् । गणेशमानले पनि एमबीबीएस पढ्न पाउने भए । यसका लागि डा पौडेलप्रति आभारी छु ।” गणेशमान मेघावी विद्यार्थी रहेको शर्माले बताए । 
 
पत्रकार गुरूङसहित ६ जनालाई सम्मान  
 
यसैबीच, गामबेँसीको चेपाङ संरक्षण केन्द्रले महाशिवरात्रिको अवसरमा चितवनका पत्रकार तुलमान गुरूङसहित छ जनालाई सम्मान गरेको छ । 
 
समाजसेवी भीमलाल आचार्य, पूर्वसांसद माया चेपाङ, नेपाल चेपाङ संघ शिक्षा विभाग प्रमुख तिलक चेपाङ, राप्ती नगरपालिका वडा नं १३ स्थित दुङ्बाङ राष्ट्रिय प्रावि स्यामराङका प्रधानाध्यापक अतिबल चेपाङ र चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङलाई सम्मान गरेको हो । 
 
चेपाङ समुदायको क्षेत्रमा मह¤वपूर्ण योगदान दिएको भन्दै उनीहरूलाई सम्मान गरेको हो । उनीहरूलाई चेपाङका राजा झ्यापुराम चेपाङ र गामबेँसीको चेपाङ संरक्षण केन्द्रका सल्लाहकार संयोजक डा डुण्डीराज पौडेलले सम्मानपत्र र खादा ओढाएर सम्मान गरेका हुन् ।