मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संक्रमणकाल सकियो, विकास र समृद्धि अबको प्राथमिकता : ओली

संक्रमणकाल सकियो, विकास र समृद्धि अबको प्राथमिकता : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक संक्रमणकाल सकिएको बताएका छन् । 
 
मंगलबार महाशिवरात्रिको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै ओलीले अबको प्राथमिकता विकास र संमृद्धि भएको बताए ।
 
“हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनपछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएको छ”, ओलीले शुभकामना सन्देशमा भनेका छन्, “अबको प्राथमिकता विकास र समृद्धि हो ।”
 
ओलीको निर्वाचनमार्फत जनताले स्थिरता, विकास र समृद्धिको चाहना प्रकट गरेकाले यसमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
“निर्वाचनमार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ,” ओलीले शुभकामना सन्देशमा भनेका छन् ।
 
ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।