मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु


चितवन । पूर्वी चितवनको खैरहनी–१, ज्यामिरेमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
 
सोमबार बिहान १ बजे नारायणगढबाट पर्सातर्फ गइरहेको ना २ च ४१२६ नम्बरको एम्बुलेन्सको ठक्करबाट काठमाडौँबाट जनकपुरतर्फ गइरहेको ना ६ ख १२३३ नम्बरको बसमा सवार यात्रु भारत बिहारका अन्दाजी ५० वर्षका विद्यानन्द झाको मृत्यु भएको हो । 
 
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते झाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जनकपुरबाट काठमाडौँ जाँदै गरेको बसमा सवार यात्रु झा गाडी रोकेर पिसाब फेर्न जान लाग्दा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । उनको शव भरतपुर अस्पतालमा राखिएको छ । 
 
एम्बुलेन्स चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।