मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश नं ३ मा मुख्यमन्त्री पौडेलले लिए शपथ

प्रदेश नं ३ मा मुख्यमन्त्री पौडेलले लिए शपथ


हेटौँडा । प्रदेश नं ३ की प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सोमबार आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराएकी छन् ।
 
प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेकी थिइन् । नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वाचित उनी प्रदेश नं ३ को संसदीय दलका नेता हुन् । 
 
शपथग्रहण समारोहमा ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ उपसभामुख राधिका तामाङ नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जमरकट्टेल र प्रतिपक्षी दल नेपाली काँग्रेस  प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहभागिता थियो ।