मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

खेलले क्षेत्रीय सम्बन्ध विस्तार : प्रचण्ड

खेलले क्षेत्रीय सम्बन्ध विस्तार : प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलले विभिन्न देशहरुबीच क्षेत्रीय सम्बन्ध विस्तार र प्रगाढमा उल्लेखनीय सहयोग पुग्ने बताएका छन् । 
 
चितवनको पर्यटकीय नगरी पटिहानीमा सुरू भएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बोल्दै प्रचण्डले खेलले नै सम्बन्ध सुधारमा कडीको काम गर्ने उल्लेख गरे । 
 
यहाँ आयोजित भलिबल प्रतियोगितामा नेपाल, भारत र वंगलादेशका गरी कुल सात टिम सहभागी छन् । आफ्नै सरकारको पालामा भलिबललाई राष्ट्रिय खेल आयोजना गरिएको भन्दै प्रचण्डले यस खेलको महत्व झनै बढ्नेमा विश्वस्त रहेको बताए । 
 
कार्यक्रममा भरतपुर महानगरकी मेयर रेणु दाहाल, जिल्लाका सुरक्षा निकायका प्रमुख, नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन रमण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 
 
कार्यक्रम भलिबल खेलका मूल आयोजक समिति संयोजक वडा नम्बर २२ का वडाध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।