मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एन्जलस स्थित पशुपतिनाथ मन्दिरमा फेब्रअरी ११ देखी प्राण प्रतिष्ठा पूजा गरिने

लस एन्जलस स्थित पशुपतिनाथ मन्दिरमा फेब्रअरी ११ देखी प्राण प्रतिष्ठा पूजा गरिने


लस एन्जल्स, १० फेब्रुअरी- लसएन्जल्समा प्रवासमा रहेका नेपालीहरूले स्थापना गरेको मन्दिर बिधिवत रूपमा प्राण प्रतिष्ठा पूजा पश्चात् सुरु हुनेछ ।
 
समुदायद्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको फेब्रुअरी ११ देखि १३ सम्म हुने प्राण प्रतिष्ठा पूजाको तयारी अन्तिम चरणमा पुगेको छ ।  
 
फेब्रुअरी ११ आइतबार बिहानदेखि सुरु हुने पूजा तीन दिनसम्म चल्नेछ ।पूजाको अन्तिम दिन मङ्गलवार साँझ शिवरात्रि मनाइने योजना रहेको पशुपति बुद्ध फाउण्डेशनका संस्थापक अध्यक्ष भक्त थापाले बताए ।
 
हरेक दिन सबै भक्तजनलाई प्रसादको व्यवस्था गरिएको र मन्दिर सजाउनको निम्ति उत्साहजनक पूर्वक सबै सामुदायिक सदस्यहरू जुटिरहेका छन् ।
बुद्धको मूर्तीको विशेष पूजा फेब्रुअरी १२ को साँझ ६ देखि ८ बजे सम्म हुने राम लामाले जानकारी दिए र साथै सम्पूर्ण लसएन्जल्सबासी नेपाली समुदायलाई पूजा कार्यक्रमको लागि आह्वान समेत गरेका छन् ।