मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

वैदेशिक लगानीबारे स्पष्ट नीति बनाउन जरूरी : प्रचण्ड

वैदेशिक लगानीबारे स्पष्ट नीति बनाउन जरूरी : प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले वैदेशिक लगानीबारे प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिएका छन् । 
 
नेपाल अण्डा उत्पादक संघको १४औं साधारण सभा तथा आठौँ अधिवेशन एवम् भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विदेशबाट आउने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिए । 
 
प्रचण्डले भने, “विश्वव्यापीकरणको वर्तमान समयमा हामीलार्इ कतिपय क्षेत्रमा वैदेशिक लगानी चाहिन्छ । तर, कुन कुन क्षेत्रमा लगानी भित्र्याउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउन जरुरी छ ।” राज्यको स्पष्ट नीति नबन्दा यसले आम उद्यमीलाई नै विस्थापित हुने खतरा बढाएको उनको तर्क छ । 
 
अण्डा उत्पादक व्यवसायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगान भित्रिएको खण्डमा स्वदेशी व्यवसायी र किसानहरू मारमा पर्ने भन्दै प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
 
प्रचण्डले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउन सकिने विश्वास व्यक्त गरे । 
 
आफूले समृद्द नेपालको सपना देखेको बताउँदै अध्यक्ष प्रचण्डले देशभक्तिपूर्ण भावनाले जनमुखी भएर सबैले काम गर्नुपर्ने बताए । चुनावमार्फत जनताले यही समृद्धिको अभियानलाई अनुमोदन गरेकोले अब बन्ने सरकारले कृषि लगायतका क्षेत्रमा आम किसान, व्यवसायीहरूको बृहत्तर हितका पक्षमा काम गर्ने बताए । 
 
जनताको पक्षमा काम गर्ने सरकार बनेको अवस्थामा वैदेशिक लगानीदेखि अनुदानसम्मका विषयमा जनमुखी नीतिको व्यवस्था गर्न सकिने प्रचण्डले विश्वास व्यक्त गरे । 
 
कार्यक्रमका वक्ताहरूले नेपाल कुखरा र अण्डा उत्पादनमा आत्मनिर्भर भए पनि राज्यका तर्फबाट उचित नीतिसहित सहयोग गर्न प्रचण्डसमक्ष माग गरेका थिए ।