मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस गिरोहबाट सञ्चालन भयो : नेता केसी

कांग्रेस गिरोहबाट सञ्चालन भयो : नेता केसी


चितवन । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली काँग्रेस गिरोहबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । 
 
शुक्रबार प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले पार्टीभित्र विभाजन र गुटबन्दी प्रशस्त रहेको भन्दै त्यसलाई पनि गिरोहले पछि पारेको बताए । 
 
उनले पार्टी संस्थागत रुपमा चल्न नसकेको बताउँदै भने, “पार्टीको तीन महत्वपूर्ण पक्ष : नीति, नेतृत्व र संरचना कमजोर बनेको छ । पार्टीमा वैधानिक मर्यादा र पारदर्शिताको अभाव छ, त्यसलाई सुधार गर्नुपर्छ ।”
 
पार्टी सुधारका लागि सबै तहका नेता तथा कार्यकर्ताहरु जिम्मेवार रहेको भन्दै नेता केसीले सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । 
 
अर्को प्रसंगमा पूर्वमन्त्रीसमेत रहेका केसीले अबको सरकार वाम गठबन्धनको बन्नुपर्ने बताए । उनले भने, “जनताको म्यान्डेडअनुुसार वाम गठबन्धनको सरकार बन्नुपर्छ, त्यसका लागि काँग्रेस बाधक बन्दैन ।”
 
संवैधानिक प्रक्रियालाई काँग्रेसले स्वीकार गर्ने भन्दै प्रतिनिधिसभा गठन प्रक्रियाले पूर्णता पाएसँगै नयाँ सरकार बन्ने जिकिर गरे । नयाँ सरकार गठनका लागि प्रधानमन्त्री देउवाले राजीनामा नदिए पनि मार्गप्रशस्त रहेको उनले बताए ।