मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

शेयर बजारमा फेरि अर्को झट्का

शेयर बजारमा फेरि अर्को झट्का


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिका शेयर बजारमा बिहीबार पनि उच्च अंकले तल झरेको छ । यो साता मात्र दोस्रो पटक अमेरिकाको प्रमुख शेयर बजार न्युयोर्क स्टक एक्स्चेञ्जको मुख्य सूचक डोजोन्स एक हजार अंकभन्दा बढीले तल झरेको हो । डोजोन्स घट्नु भनेको शेयरको मूल्य तल झर्नु हो । यसरी घट्दा शेयर लगानीकर्ताको सम्पतिमा ठुलो गिरावट आएको छ । 
 
बिहीबार बजार खुलेदेखिनै डोजोन्स घट्ने र बढ्ने भइरहेको थियो । तर, बजार बन्द हुनु केही अघि उच्च दरले तल खस्किंदा यो सूचक १०३३ अंकले झर्न पुग्यो। एक वर्ष यता शेयर बजारमा निकै ठुलो उछाल देखिएको थियो । यसैका आधारमा बिहीबार भन्दा अघिको गिरावटलाई बजार सुधारका रूपमा लिइएको थियो । तर, अव शेयर बजार सुधार भन्दा पनि तल झर्न खोजेको वित्त विश्लेषकहरूले बताएका छन् । 
 
वोण्ड मार्केट, मूल्य वृद्धि र ब्याजदर वृद्धि हुने त्रासमा बजारमा मन्दी आएको बताइएको छ । अहिलेको गिरावट सन् २००८ को आर्थिक मन्दीसँग पनि तुलना गरिएको छ । शेयर बजारमा आएको यस्तो उच्च गिरावटलाई आधार मान्दै केहीले यसलाई मन्दीको संकेत पनि भन्न थालेका छन् ।
 
बजार यस्तै रूपमा घट्ने हो भने रियल स्टेट लगायत अन्य क्षेत्रमा पनि असर पर्न सक्ने त्रास बढिरहेको छ । यो संसार नै सकियो भन्ने होइन तर, अप्ठ्यारो भने हो पीएनसी इन्भेष्टमेण्टका प्रमुख कार्यकारी रिच गुरोनीले सीएनएनलाई बताएका छन् । 
 
ट्रेजरी विल्सको ब्याजदर चार वर्षकै यता उच्च बिन्दुमा पुग्दा बजारमा मनोबैज्ञानिक असर परेको बताइएको छ ।