मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हवाईका टापु चाहार्दै तीर्थ र उनको कामना रेष्टुरेण्ट

हवाईका टापु चाहार्दै तीर्थ र उनको कामना रेष्टुरेण्ट


अमेरिका- 
चारै तिर प्रशान्त महासागरले घेरेको अमेरिकाको हवाईमा नेपाली भेट्न सजिलो छैन । हवाईको मुख्य शहर हनलुलु बाहेक अन्य टापुमा बस्ने नेपालीको संख्या सजिलै गन्न सकिन्छ । तर, त्यहाँ नेपालीद्धारा सञ्चालित व्यवसाय भने भेटिन्छ । कोलोराडोमा व्यवसाय गर्दा अव यहाँ बसेर अझ पैसा कमाउन सकिदैंन भन्ने लागेपछि तीर्थ लुउंटेल नयाँ अवसर खोज्दै हवाई पुगेका थिए । नेपालमा व्यवसाय गरेको अनुभव थियो । 
 
अमेरिकामा पनि घण्टाको काम होइन व्यवसायनै गरेर केही वर्ष बितेका थिए । तर, पैसा भने सोचे जस्तो बनेको थिएन । पर्यटक धेरै आउने ठाउँमा गिफ्ट सप राम्रो चल्छ अरू पनि अवसर हुन्छ भन्ने लागेपछि उनले हवाई जाने सोच बनाए । अमेरिकामा हवाई पर्यटक धेरै आउने ठाउँ हो भन्ने उनले सुनेका थिए । यसबाहेक थप कुनै जानकारी थिएन । गुगलमा हेरेर टिकट काट्दा उनी हवाईको सबैभन्दा ठुलो टापुको कोना विमानस्थलमा पुगे । 
 
मलाई हवाईको बारेमा केही थाहा नै थिएन जान त हनलुलु नै चाहेको थिएँ तर, गुगलमा हेरेर हवाई भनेर जहाजको टिकट काटेको कोना एयरपोर्ट आईपुगे तीर्थले भने  । यो त्यहाँको सबैभन्दा ठुलो टापु त हो तर, हनलुलु जस्तो जनसंख्या र पर्यटकको हिसाबले चल्तिको ठाउँ भने होइन । 
 
केही दिन त्यहीँ होटल लिएर एक्लै व्यवसायका बारे सोधखोज गर्दा एक साँझ कोनाको मुख्य पर्यटकीय स्थलमा बाहिर राखिएको बेञ्चमा थकाई मारिरहेका थिए । त्यसैबेला एउटा संयोग जुर्यो । एक्लै मनमा विभिन्न तर्क वितर्क सोच्दै बसिरहेका वेला ह्लिचियरमा एक जना वृद्ध व्यक्ति आएर उनलाई सोधेछन् तिमी कहावाट आयौँ । म नेपाली हुँ कोलोराडोमा व्यवसाय गर्छु  मैले भने । ती वृद्धले भनेछन् किन कोलोराडोमा व्यवसाय गर्छौँ यहाँ राम्रो फाइदा हुन्छ यतै आउँ ,  मैले पनि यही खोजेको थिएँ तर,आफू केही संहालिदैं भने खै कहाँ व्यवसाय गर्ने म सँग धेरै पैसा जम्मा भएको छैन । 
 
ती वृद्धले अगाडीको पसल देखाउँदै सोधेछन् ऊ त्यो पसल लिन्छौ ? पसल हेर्दा राम्रै थियो । मैले कति भाडा पर्छ भनेर सोधेँ ती वृद्ध व्यक्तिले भने पसलको भाडा त ७ हजार डलर हो तर तिमी जति दिन सक्छौँ देऊ । ती वृद्ध रहेछन् कोना स्थित उक्त स्थान बसाउने र अहिलेपनि थुप्रै जग्गा जमिनका मालिक अंकल बेली । अंकल बेलीको मृत्यु भईसक्यो तर, अहिलेपनि त्यहाँ अंकल बेलीका थुप्रै व्यवसाय उनका परिवारले सञ्चालन गर्दै आएका छन् ।  
 
नेपाली भएकालेपनि अंकल बेलीबाट तीर्थले राम्रो सहयोग पाए । अंकल बेली नेपालमा गएका मात्र होइन पूर्व राजा त्रिभुवनलार्ई बास्केटबल सिकाएका रहेछन् । नेपाल भ्रमणका स्मरण पनि उनले तीर्थलाई सुनाएछन् । यसरी अंकल बेलीसँग उनको साइनो पनि  बन्यो । 
 
सन् २०११ मा अंकल बेलीसँग २५ सय डलरमा उक्त पसल लिने तय भयो । बस्ने पनि ठाउँ चाहियो परिवार पनि ल्याउनुपर्ने हुन्छ उनले फेरी बेलीसँग कहाँ बस्ने भनेर प्रश्न गरेछन् । बेलीले मेरै घरमा बस भनेर ठाउँ दिएछन् । त्यसपछि के चाहियो मैले पसलका लागि सम्झौता गरी १५ दिनको समय मागेर कोलोराडो फर्केँ । पर्यटकका लागि नेपाली हस्तकला म सगैं थिए लान सक्ने , मिल्ने जति पठाएँ धेरै भएका यहीका नेपाली पसललाई बचेर पछि पैसा दिनुहोला भनेर छाडिडिएं र परिवार लिएर हवाई उडेँ । 
 
उक्त गिफ्टसपले राम्रै गर्‍यो । त्यसले उनलाई उनलाई त्यहाँ राखिरह्यो ।  त्यहाँ रेष्टुरेण्टवाट अझ राम्रो नाफा हुन्छ भन्ने उनलाई लाग्यो । त्यहाँ नेपाली, भारतीय स्वाद पाइने रेष्टुरेण्टपनि थिएनन् । उपयुक्त स्थान पनि भेटियो । पसल अर्का चिनजानेकै नेपालीलाई जिम्मा लगाएर उनी रेष्टुरेण्ट व्यवसायमा प्रवेश गरे । त्यसपछि यसलाई अझ विस्तार गर्न कामना किचन बन्यो । 
 
व्यवसायी तीर्थका अहिले हवाईको विग आईल्याण्ड स्थित कोना, र हिलोमा एक एक वटा, अर्को धेरै पर्यटक जाने माउमा एउटा, अर्को टापु स्थित हनलुलुमा एउटा रेष्टुरेण्ट सञ्चालित छन् । परिवारमा नातेदार पर्ने लसएञ्जल्सका व्यवसायी ऋषि ढकालसँग साझेदारमा स्थापित तीर्थको कामना किचनले अहिले जापानमा पनि रेष्टुरेष्ट स्थापनाको क्रममा छ । हवाईमा एउटा टापुबाट अर्को  टापुमा जान जहाजनै चढ्नु पर्ने अवस्था छ । अहिले तीर्थको दैनिकै धेरै जसो एउटा टापुबाट अर्कोमा उड्दै बित्ने गरेको छ । कामना किचनले झण्डै ५० जनालाई रोजगार दिएको छ ।
 
एसएलसी दिए पछि २०४२ सालमा म २० हजार रुपैंया लिएर ओखलढुंगावाट काठमाडौँ आएको थिएँ त्यत्तिनै हो घरबाट पैसा लिएको तीर्थले भने त्यसपछि मैले कहीँ कतै काम गरिने व्यापार नै गरेँ । अलिहेसम्म गरिरहेको छु, लाग्छ म व्यापारका लागि नै उपयुक्त छु । 
 
तीर्थले काठमाडौँमा शुरुमा गलैँचाको धागो व्यवसाय शुरु गरे । नेपालमा निकै समयमा गलैँचा व्यापारले निकै उचाइ लियो तर, एकैपटक धराशायी बन्यो । यसले गर्दा उनलाई ऋणमा पनि डुब्नु पर्‍यो । ठुलै ऋण लाग्यो तर, व्यवसाय गर्ने हिम्मत भने कहिल्लै हारिन उनले भने ।  त्यसपछि उनी पश्मिना व्यवसायमा लागे । केही समय नयाँ दिल्लीमा पनि गलैँचा विक्री गरेर बसे । 
 
पश्मिना व्यवसायपनि एकैपटक माथि पुग्यो । पुन तल खस्कियो । पश्मिना उद्योगलेनै उनलाई सन् २००७ मा अमेरिका ल्यायो । एउटा प्रदर्शनीमा भाग लिन पश्मिना लिएर उनी अमेरिका आए ।
 
 केही दिन बसे । त्यसपछि अमेरिका बस्नेले नै यही व्यवसाय गरौँ तपाईँले पश्मिना पठाउनुहोस म विक्री भन्ने प्रस्ताव राखे उनले भने मैले पनि नेपाल फर्किएर धमाधम पश्मिना पठाईदिए । तर, अमेरिका बस्ने व्यक्ति सही परेनछन् अमेरिका आएको उक्त पश्मिना यहाँ बन्दरगाहमा नै रोकिन पुग्यो । चार करोडको पश्मिना पठाईसकेको थिएँ अव के गर्ने आफुंै अमेरिका आएँ । 
 
अमेरिकामा शुरुमा दिनका दुख्ख भने उनका पनि अरू परदेश जानेका जस्ता छन् । अंग्रेजी भाषा समस्या,  ड्राइभिगं लाइसेन्स थिएन, जाँच दिन गयो पास नहुने एक पटक त लाइसेन्सको जाँच दिदां ढिलो भएर कम्प्युटरले टाइम टाउट देखायो, ट्याक्सी चढ्नु पर्‍यो नेपालमा भन्दा यहाँ बढी ट्याक्सी चढेँ तीर्थ भन्छन् ६, ७ महिना त कति दुख्ख भयो कति नेपाल जाऊँ जाऊ कि भन्ने पनि लाग्यो । तर, परिवारले अमेरिकामा केही गर्नु पर्छ भनिरहेका थिए उनीहरूको चाहना पनि अमेरिका बस्ने थियो त्यसले पनि मलाई फर्किन दिएन तीर्थले भने । अमेरिका बस्नका लागि स्थायी कागजात वनाउंदाका दुख पनि आफ्नै छन् उनले भने । 
 
बोस्टनका मलमा कुनै समय मैले १४ वटा पसल सम्म राखेँ, होलसेल पनि गर्थेँ उनले भने तर, बोस्टनमा भन्दा नेपाली समानको कोलोराडोमा राम्रो व्यापार हुन्छ भनेर त्यता लागेँ । कोलोराडोमा ड्राईभिगं लाइन्सेन्स बनाउन सजिलो छ भन्ने सुनेर पनि म त्यहाँ जान उत्सुक थिएँ उनले भने ।  
 
अमेरिकामा व्यापार व्यवसाय गर्ने क्रममा अहिले सम्म ७४ वटा लिज लिईसकेको उनले सुनाए । केही कतै समस्या पनि आए कहीँ फाइदा पनि भयो उनले भने । आफ्नो अनुभव सुनाउँदै उनले भेन जे व्यापार वा व्यवसाय गर्ने हो पहिलो बुझेर गर्नु राम्रो हुन्छ , सकेसम्म पहिलो आफैँ काम गरेर व्यवसायका बारेमा बुझ्ने नभए पनि सवैपक्ष अनुसन्धान गरेर मात्र हात हाल्दा नोक्सान पर्दैन । 
 
अबको योजना के छ ? तीर्थ भन्छन् अझ व्यवसाय विस्तार गर्ने, सकिञ्जेल लागिरहने ।