मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गैँडाको आक्रमणबाट चितवनमा एक युवाको मृत्यु

गैँडाको आक्रमणबाट चितवनमा एक युवाको मृत्यु


चितवन । गैँडाको आक्रमणबाट चितवनको माडीमा एक युवाको मृत्यु भएको छ । 
 
माडी नगरपालिका वडा नं २ बस्ने २८ वर्षीय प्रेमराज ढुंगेलको मृत्यु भएको हो । आइतबार साँझ गाईवस्तु चराउन जंगल जाँदा गैँडाको आक्रमणवाट उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख घर्जेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
 
ढुंगेलको शरीरको पछाडि भागमा गैँडाले हानेको र बाँया खुट्टा भाँचिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोष्टपार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।