मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ट्युमर पीडित अशोकलाइ आबास सुविधा

ट्युमर पीडित अशोकलाइ आबास सुविधा


सिकागो (अमेरिका) – अनुहारमा अस्वाभाविक रुपमा बढेको ट्युमरको शल्यक्रिया गर्न अमेरिका अाएका अशोक श्रेष्ठलाइ सिकागोका व्यबसायी राजेश कर्माचार्यले अावास सुविधा प्रदान गरेका छन् । 
 
डिसेम्बर ३० मा उपचारका लागि सिकागो आइपुगेका ललितपुर धोबिघाट निवासी श्रेष्ठलाइ सिकागोमा रेस्टुरेन्ट ब्यबसायी कर्माचार्यले आवास उपलब्ध गराएका हुन् ।
देख्दै डरलाग्दो ट्युमर बोकेका श्रेष्ठको सल्यक्रियाको लागि बेलायत र अस्ट्रेलिया बस्ने  नेपाली तथा केहि बिदेशी मित्रहरुले "गो फन्ड"  मार्फत जम्मा भएको करिब २५ हजार डलर बोकेर शल्यक्रियाको लागि श्रेष्ठ सिकागो आइपुगेका हुन् । 
 
होटेलमा बस्नुपर्दा धेरै महँगो तिर्न परेकोले कुनै ठुलो मन भएका मान्छेले घरको बेसमेण्ट भए पनि उपलब्ध गराइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त भएपछि कर्माचार्यले मानवीय भावनाले एक बेडरूम सहितको अपार्टमेन्ट उपलव्ध गराएका हुन् ।
 
‘सिकागोका नेपाली दाजुभाइहरूबाट मैले धेरै ठुलो सहयोग पाएको छु । राजेश कर्माचार्य ज्युबाट ६ महिनाको लागि निशुल्क  अपार्टमेन्ट पाएको छु,' श्रेष्ठले खुशी हुँदै भने–‘त्यहि मात्र होइन अपार्टमेन्टमा आबश्यक पर्ने बेड बिस्तरा कुर्सि टेबल भाडाकुडा र खाना समेतको ब्यबस्था राजेशजीले नै ब्यबस्था गरिदिनु भएकोले मलाइ अति नै खुशी लागेको छ ।'
 
सिकागो स्थित नेपालिहरुको साझा संगठन सिकागोल्याण्ड  नेपाली फ्रेन्डशिप सोसाइटीका अध्यक्ष टेकराज पौडेलको  पहलमा अहिले सम्म सबै ब्यबस्थापन भैरहेको बताउने श्रेष्ठले बताए । उनको जटिल शल्यक्रिया आगामी मार्च महिनाबाट शुरु हुदैछ ।
 
चार वटा गम्भीर शल्यक्रिया गर्नु पर्ने भएकोले शल्यक्रियाको लागि श्रेष्ठलाई खर्चको अपुग हुने भएकोले सिकागोल्याण्ड नेपालि फ्रेन्डशिप सोसाइटिले आगामी फेब्रुअरी ११ को लागि सस्थाको बैठक डाकेको छ ।
 
बैठक बसेर निर्णय पश्चात सहयोग रकम संकलन गरिने जनाइएको छ ।