मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सुपरबलमा ३० सेकेण्ड विज्ञापन गर्न ५० लाख डलर

सुपरबलमा ३० सेकेण्ड विज्ञापन गर्न ५० लाख डलर


हिमालयखवर संवाददाता
अमेरिका । अमेरिका भित्र खेलकुलमा सबैभन्दा ठुलो प्रतिस्पर्धा सुपर बल फाइनलमा ३० सेकेण्ड विज्ञापन दिन कति पैसा लाग्ला ? 
 
सामाजीक संजालको दवदवा भएपछि सुपरवलको भने आफ्नै विशेषता छ । अमेरिकामा सबैभन्दा बढी हेरिने खेलकुद प्रतिस्पर्धा भएकाले पनि यसमा आउने विज्ञापनको आफ्नै भाउ छ । 
 
यहाँ ३० सेकेण्ट विज्ञापन देखाउन ५० लाख डलर अर्थात ५० करोड नेपाली रुपैंया पर्छ । यस पटक म्याच करिव १२ करोडले एकैपटक टेलिभिजनवाट प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । 
 
यो अमेरिकामा सवैभन्दा बढी दर्शक आकर्षित गर्ने प्रतिस्पर्धा पनि हो ।  न्यूइंग्लाण्ड प्रयाट्ईट्स र फिडेलफियाको इंगल्स फाइनमा भिड्ने छन् । 
 
लिग चरणवाट सबैभन्दा  बढी अंकका साथ यी दुई टिम फाइनलमा पुगेका हुन् । यो प्रतिस्पर्धाको अर्को विशेषत हाल्फ टाइममा हुने प्रस्तुति पनि हो । 
 
चर्चित गायक गायिक हाल्फ टाइम शोमा आउने गरेका छन् । हाल्फ टाइम शोमा प्रस्तुति दिनु प्रतिष्ठानको विषय पनि मानिन्छ । 
 
सुपरबलमा कस्को कस्तो विज्ञापन आयो भन्ने समेतले चर्चा पाउने हुँदा अत्यधिक भएको हो । 
 
मिनियापोलिस मिनिसोटा स्थित यूएस ब्यांक स्टेडिएम लागेको यो प्रतिस्पर्धाले अमेरिकाको व्यापार समेत बढाउँछ। यो प्रतिस्पर्धा एनबिसीमा प्रत्यक्ष प्रशारण गर्छ ।
 
अमेरिकामा अहिले सुपरबल भनेपछि मरिहत्ते गर्ने नेपालीहरु पनि बढीरहेका छन् । साथी भाईसँग रमाइलो गर्दै सुपरवल हेर्ने गरिन्छ । अमेरिकामा सुपरवल ,भारतमा क्रिकेट, युरोपमा सकरजस्तै मानिन्छ ।