मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तिम्री स्वास्नी र म का लेखक मनु ब्राजाकी रहेनन्

तिम्री स्वास्नी र म का लेखक मनु ब्राजाकी रहेनन्


(नेपाली साहित्यका चर्चित व्यक्तित्व मुन ब्राजाकी रहेनन् । रोगसँग लड्दा लड्दै काठमाडौँमा उनको निधन भयो । ब्राजाकीलाई धेरैले उनको कथा संग्रह तिम्री स्वास्नी र म वाट सम्झिन्छन् । तर, उनका अन्य साहित्य कृत्तिपनि प्रकाशित छन् । ब्राजाकी केही समय अमेरिकाको कोलोराडोमा पनि बसेका थिए । त्यहाँ बस्दा यस पंक्तिकारसंग उनले आफ्नो लेखन, तिम्री स्वास्नी र म कथा लगायत थुप्रै विषयमा कुरा गरेका थिए । त्यस बेला शरीरले दिएसम्म अंग्रेजी साहित्व उनी पढ्थे ।  नेपाली साहित्यका चर्चित व्यक्तित्व मुन ब्राजाकीलाई श्रद्धान्जली दिदैं उक्त बेला गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।) 
 
तिम्री स्वास्नी र म नेपाली कथाकार मनु ब्राजाकीको सबैभन्दा चर्चित कथा हो । यही शीर्षक कथा संग्रहले साझा पुरष्कार प्राप्त पनि गर्‍यो । तर, यसका कथाकार मनु ब्राजाकी भने यस कथाका बारेमा समालोचक, लगायत समकालीन साहित्यकारको बुझाई प्रति सहमत छैनन् । तिम्री स्वास्नी र म यौन कथा भनेकोमा लेखक ब्रजाकीको चित्त नबुझेको हो ।  तिम्री स्वास्नी र म यौन कथा होइन यसमा स्त्री प्रति पुरुष मनोवृत्ति अझै पनि तल्लो स्तरको छ, भन्ने आशय छ अमेरिका कोलोराडोमा बस्दै आएका ब्रजाकीले भने यही पुरुष मनोवृत्ति देखाउन मैले त्यो कथा लेखेको हुँ ।
 
कतिपय समालोचक र परशु प्रधान जस्ता साहित्यकारले पनि तिम्री स्वास्नी र म लाई  यौन कथा भनेका छन्, ब्राजाकी यसमा असहमति जनाउँदै भन्छन् तर, यो यौन कथा होइन, त्यस्तो सस्तो मनोरञ्जन दिन लेखिएको पनि होइन, पुरुषको नारी प्रतिको व्यवहारका विरुद्ध लेखिएको कथा हो ।
 
तिम्री स्वास्नी र म मा कथाको पात्रले आफ्नी स्वास्नीले पर पुरुषसँग बोलेका कारण घरबाट निकालिदिन्छ । उ माइत जान्छे । एक्लो भएको लोग्नेले अर्की विवाहित महिलाको संगतमा पुग्छ ।  तर, केही दिन अन्तरालमा उक्त आइमाईले भनिदिन्छे तँ त केही दिनका लागि मात्र हो मेरो लोग्ने आयो तँ अव नआईज । त्यसपछि लोग्नेमाइत गएकी स्वास्नी लिन ससुराली जान्छ । यसरी यो कथामा  पुरुषको मनोवृत्तिलाई प्रहार गरिएको छ, ब्रजाकीले भने , यौन सम्बन्धी मनोरञ्जन दिन लेखेको होइन ।
 
यो कथा चर्चित भए पनि स्वंय कथाकार ब्रजाकीले मन परेको सृजना भने अर्कै छ । तिम्री स्वास्नी र म कथाबाटै म बढी चर्चामा आएँ धेरैले यही कथाबारे कुरा गर्छन् तर, मलाई राम्रो लागेको कथा भने अर्का छ, ब्राजाकीले भने । तर, यसो भन्दा उनी भूमिका वाध्नभने पछि पर्दैनन् । लेखकलाई यही कथा राम्रो भन्न  गाहे हुन्छ , यही राम्रो हो भन्न पनि मिल्दैन, यो अलि कठिन छ तर, मलाई राम्रो लागेको कथाका बारेमा भने नेपाल पत्रिमा जनकराज सापकोटाले वुझिदैन भनेर लेखे किन वुझेनन मलाई थाहा भएन म उनको बौद्धिकतालाई सम्मानै गर्छु तर, मलाई त्यही कथा मन पर्‍या छ मेरी आइमाई मेरी आमा र म  । यो कथा गत वर्ष प्रकाशित अन्नपूर्णको भोज संग्रहमा छ ।
 
ब्राजाकीका ६ वटा कथा संग्रह प्रकाशित छन् । उनी साझा पुरष्कार, मैनाली कथा पुरष्कार लगायतबाट सम्मानित भएका छन् । १९९९ साउन मा औरही महोत्तरीमा जन्मेका ब्राजाकी अहिले केही अस्वस्थ्ताका कारण गजल र आत्मकथा मात्र लेखिरहेका छन् । यस बाहेक विश्व साहित्य, इतिहास अध्ययन गरेर समय बिताउने गरेका छन् । एक ताका उनले उपन्यास लेख्ने प्रयास पनि गरेका थिए । तर, पुरा गर्न सकेनन् । नेपाल समाचारपत्रका सम्पादक पुष्करलाल श्रेष्ठले पटक पटक भनेपछि धारावाहिक रूपमा उपन्यास लेखेँ कान्छी बेगम यसका केही भाग पत्रिकामा छापिए तर, पछि आफैँलाई चित्तै बुझेन लेख्नै छाडिदिंए उनले भने  त्यसपछि केहिलै उपन्यास लेख्ने प्रयत्न गरिन्, अव लेख्दिनपनि होला । म  कथामानै म केन्द्रित भएँ, ब्राजाकी भन्छन् प्रत्येक कथा परम्पराभन्दा फरक लेख्ने प्रयास गरेँ । अहिले कथा नलेखेपनि पहिले लेखेका तर अप्रकाशित कथाहरूको संग्रह अर्को वर्ष निकाल्ने तयारी भइरहेको उनले जानकारी दिएँ ।
 
ब्राजाकीको आफ्नै एउटा विशेषता छ कुनै पनि किताब बिमोचनमा नजाने । विमाचन म आजसम्म पनि गएको छैन, उनले भने यही म बस्दै आएको कोलोराडोमा एउटा गजल संग्रह निस्कियो, विमोचन गराउने भने तर, म गइन । नजानुमा ब्राजाकीको आफ्नै मान्यता छ । उनी भन्छन्  विमोचन भनेको मुक्त हुनु हो, छापिनु नै मुक्ति हो । छापिएर बजारमा गएपछि त्यसै विमोचन भईहाल्यो नि , यो काम बजार हेर्ने प्रकाशको छ, त्यसमा लेखकको कुनै अर्थ छैन त्यसैले आजसम्म म कुनै किताब बिमोचनमा गएको छैन । 
 
भेटेसम्म उनले नेपाली किताब पढ्न छाडेका छैनन् । अहिले नेपाली किताब छापिने क्रम बढेकोमा यसलाई खहरेमा आउने धमिलो पानी भन्छन् । 
 
अहिले धेरैले किताब लेखेका छन् खहरे खोलामा बाढी आए जस्तो भएको छ यो धमिलो पानी हो संगलिन्छ संगलिन्छ ब्राजाकीले भने । साहित्यमा अनुभव र भोगेको  उस्तै चित्रण गर्नु पर्‍यो उनी भन्छन्  अरू भन्दा भन्न प्रस्तुति दिन सकेन भने प्रभावशाली हुँदैन, पाठक यो त सबैले लेखेकै छ नि किन पढिरहने भनेर झर्को मान्छ ।
 
लेखनका विषय सबै यथार्थमा घटिरहेको हुन्छ भन्ने छैन उनी भन्छन् , तर, मुख्य त्यो घटनाको प्रभावशीलता समाजमा कति छ, समाजका लागि प्रभावी छ छैन भन्ने हो  घटना सर्वसाधारणका लागि ग्राह् छ छैन त्यसमा भर पर्छ ।  कहिले कांही सर्वसाधारणका लागि ग्राह् नभएपनि आफ्नै भावना र विचारले लेख्न मन लाग्छ त्यसमा कम पाठक भए पनि केही छैन ,पाठकको ग्राह् छैन भने लेख्नु जोखिम जस्तै हो । थोरै बौद्धिक पाठकका लागि लेखिन्छ सर्वसाधारणले यस्तो पढिहालेपनि वुझ्द्रैनन् ।
 
साहित्यकार जगदिश घिमिरे मेरो नजिकको साथी पनि थिए उनी भन्थे मुन साँच्चै नै बौद्धिक स्तरका लेखक आंैलामा गन्न सकिन्छ, यस्ता लेखक संसारमा थोरै हुन्छन् पाठक पनि यस्तै कम हुन्छन् सस्तो मनोरञ्जन दिने किताबका बढी पाठक हुन्छन् त्यसैले  म मेरो किताब कति बिके बिकेनन् यसलाई खासै महत्त्व दिन्न ब्राजाकी भन्छन् विक्री बढी भए राम्रा भयो ।
सबै कथाको आ आफ्नो पृष्ठभूमि हुन्छ कुनै लेख्दा लेख्दै मार्मिक हुन्छ, कुनै विम्ब प्रतिबिम्ब त्यति मार्मिक नहुन सक्छ, इमान्दार समालोचक र प्रवुद्ध पाठकले यो भन्न सक्छन् भन्ने मान्यता  उनको छ  ।
 
आफूले हालै पढेका नेपाली किताबका बारेमा उनी भन्छन् मदन पुरष्कार प्राप्त किताब दामिनी भिर पढेँ यो अलिकति स्थानियतामा जोड दिएर देखिएको छ । चित्रणका लागि स्थानियता बढी प्रयोग गर्नु उपयुक्त हुन सक्छ , तर, जातीय विषय कतिपय वेठिक छन् कुनै जातीय उच्चता देखाउन  यत्रो कथा भन्नु जरुरी नै छैन । कतिपय नयाँ लेखकले कलात्मक र वस्तुगत विषयमा तालमेल मिलाउन नसकेको टिप्पणी ब्राजाकीको छ । इमान्दार समालोचकले कुनै पनि पुस्तकको समीक्षा गर्दा जीवनलाई हेर्ने दृष्टिकोण के हो त्यो अनुकूल भयो भएन वस्तुगत र कलात्मक पक्ष कति मिलेको छ त्यो भनिदिनु पर्छ उनी भन्छन् यसले नेपाली साहित्यलाई अझ माझिन मद्दत पुग्छ । 
 
२०१९ मा छापिएको भर्यागं उनको पहिलो कथा हो । यो तत्कालीन अंचलाधिश कार्यालयले प्रकाशित गर्ने अञ्चल सन्देश स्मारिकामा छापिएको थियो ।  त्यति बेला निस्कियो तर, यो कथा मैले अहिलेसम्म भेटेको छैन, उनी भन्छन्  अंचलाधिश कार्यालय पछि समाप्त भयो र खोज्दा पनि यो कथा पाइएन । पहिलो प्रेम जस्तै यो पहिलो कथा प्रति बढी मेरो बढी प्रेम छ तर, खोज्दा पनि भेटिन् उनले भने यो कथामा सायद मैले जीवनमा उन्नति र अवनति हुन्छ भनेर देखाउन खोजेको छु । 
 
नेपाली साहित्य अनुवाद नहुदां पाठक कम भएको उनको अनुभव छ । अन्नपूर्ण भोजमा मैले लेखकलाई नै पात्र बनाएको छु । यो नयाँ अवधारणा थियो । हालै मैले द न्यओर्कर भन्ने अमेरिकाबाट निस्कने पत्रिकामा यस्तै एउटा कथा पढेँ त्यसमा प्रसिद्ध अमेरिकी साहित्यकार अर्नेष्ट हेमिगंवेलाई पात्र बनाइएको छ । द न्युओर्करका सम्पादकले उक्त कथालाई नयाँ प्रयोग भनेर तारिफ गरेका छन् । यस्तै कथा मैले कति अघि लेखिसकेको थिएँ हाम्रा कथा अनुवाद हुदैंनन त्यसले कम पाठककहाँ पुग्छन् । मैले आफैलाई पात्र बनाएर पनि कथा लेखेको छु यो पनि नयं हो तर यस्ता पक्षबारे कसले चर्चा गर्ने ।