मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पाँच वर्षदेखि बन्द रहेको सौराहाको पर्यटक आगन्तुक केन्द्र पुनः सञ्चालनमा

पाँच वर्षदेखि बन्द रहेको सौराहाको पर्यटक आगन्तुक केन्द्र पुनः सञ्चालनमा


चितवन । पाँच वर्षदेखि बन्द रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र शुक्रबारदेखि पुनःसञ्चालनमा ल्याइएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने उक्त केन्द्र पुनःसञ्चालन गरिएको हो । 
 
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उक्त केन्द्र शुभारम्भ गर्दै यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । विश्व सीमसार दिवसका अवसरमा शुक्रबारबाट पुनःसञ्चालन गरिएको निकुन्जको पूर्वी सेक्टरमा रहेको उक्त सूचना केन्द्रबाट पर्यटकले निःशुल्क रुपमा सूचना लिन सकिन्छ । 
 
उक्त केन्द्रमा २०५० सालको बाढीले क्षति पु¥याएकामा गएको साउनको बाढीले थप डुबानमा पारेको र उचित मर्मत नहुँदा ओझेलमा परेको थियो ।
 
अब भने नियमितरुपमा यसलाई सञ्चालन गर्ने चितवन निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले बताए । करिब रु तीन लाखको लागतमा केन्द्र सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
 
यो केन्द्रमा चितवन निकुञ्जको वस्तुस्थितिका साथै वन्यजन्तु, गैंँडा, अर्नाको स्थानान्तरणको सूचना र सीमसारका जीवबारे जानकारी पाइन्छ । वन्यजन्तु अपराध सम्बन्धी कानूनी व्यवस्था, संरक्षण र अपराधविरुद्ध सूचना दिनेलाई पुरस्कारका दिने कुरालगायत सूचना पनि यहाँ छ । केन्द्रमा गैँंडा, गौरीगाई, मृग, अर्ना, बाघको पञ्जालगायत वन्यजन्तुका अखेटोपहारसमेत राखिएको छ । 
 
 
पर्यटन व्यवसायी तथा संरक्षणकर्मी वासु ढुंगाना, टीका गिरी तथा सदर चिडियाखाना जाउलाखेलका प्रमुख डा चिरञ्जीवी पोखरेलले सूचना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।