मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विट्क्वाइनको मूल्य ८९५० डलर मा

विट्क्वाइनको मूल्य ८९५० डलर मा


हिमालयखवर संवाददाता
अमेरिका-
कुनै सरकार वा निकाय जिम्मेवार नरहेको अभौतिक मुद्रा विट्क्वाइनको मूल्य बिहीबार ९ हजार भन्दा तल झरेको छ । भारतले बिहीबार सार्वजनिक गरेको आगामी बजेटमा अर्थमन्त्री अरुण जेट्लीले विट्क्याइन लगायत यस्तै अभौतिक मुद्रालाई वन्देज लगाउने घोषणा पछि मूल्य घट्न थालेको हो । 
 
बिहीबार दिउसो १२ बजे विट्क्वाइनको मूल्य ८ हजार ९५० डलरमा झरेको छ । यसरी मूल्य घट्दा कयौँ यस्ता अभौतिक मुद्रा क्रिप्टोकरेन्सीका लगानीकर्ता आत्तालिएको न्यूओर्क टाइम्सले जनाएको छ । जनवरी महिनामा मात्र विट्क्वाइनले आफ्नो मूल्यको १३३ अर्ब डलर गुमाएको छ । 
 
भारतका अर्थमन्त्री बजेटमा जेट्लीले भारत सरकारले विट्क्वाइन लगायत कुनै पनि यस्तो मुद्रालाई कानुनी रूपमा मुद्रा मान्न नसक्ने घोषणा गरेका छन् । यो घोषणा पछि विट्क्वाइटको मूल्य पुन फेरी घट्न थालेको हो । 
 
केही साता यता विट्क्वाइनको मूल्य लगातार घटिरहेको थियो । यसमा भारतको बजेटले थप घटाएको हो । डिसेम्बर सुरुआतमा करिब २० हजार अमेरिकी डलर पुगेको विट्क्वाइनको मूल्य लगातार घटिरहेको छ । यसरी घट्दा यसमा लगानी गर्नेले अरर्बौ गुमाएका छन् । 
 
विट्क्वाइनको मूल्य बढ्दै गएपछि थुप्रै नेपालीले पनि लगानी गरेका थिए । सामान्य आम्दानी गर्ने नेपाली देखि यहाँ व्यवसाय गर्ने सम्मले बिट्क्वाइनमा लगानी गरेका थिए । विट्क्वाइनका बारेमा अर्थशास्त्री, वारेन बुफेट जस्ता ठुला लगानीकर्ताहरू भने सकारात्मक छैनन् । कयौँ देशका सरकारहरूले पनि यसलाई अवैध घोषणा गरिसकेका छन् । नेपालले पनि विट्क्वाइनलाई अवैध मानेको छ । नेपालमा राष्ट्र कैंकले यसको कारोबारमा रोक लगाएको छ ।