मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विहीवार रातिदेखि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

विहीवार रातिदेखि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि


माघ १८ काठमाडाै । नेपाल आयल निगमले विहीवार राति १२ बजे देखी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
 
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रति लिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दु/दुई, हवाई इन्धन आन्तरिकतर्फ पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढाएको छ।
 
मूल्य बढेपछि पेट्रोलको मूल्य लिटरको एक सय चार रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ८३ रुपैयाँ, हवाई इन्धनको मूल्य ९५ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।
 
निगमले यसअघि पेट्रोल लिटरमा एक सय तीन, डिजेल, मट्टीतेल ८१ रुपैयाँ, हवाई इन्धन ९० रुपैयाँ र खाना पकाउने ग्यास सिलिन्डर १३ सय ७५ रुपैयाँमा बिक्री गर्दै आएको थियो।