मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अब चाँडो एसाइलमको निर्णय हुने

अब चाँडो एसाइलमको निर्णय हुने


हिमालयखवर संवाददाता
वासिङटन डिसी (अमेरिका) – युनाइटेड स्टेट सिटिजनशीप एण्ड इमिग्रेसन सर्भिसेज (युएससिआइएस) ले एसाइलम (शरणार्थी) का आवेदकको निर्णयलाई २१ दिनभित्रै टुंग्याउने भएको छ ।
 
युएससिआइएसलले सूचना जारी गर्दै एसाइलमको अन्तरवार्ता प्रकृयालाई तीन वर्गमा बिभाजन गर्दै पहिलो प्राथमिकतामा कुनै कारणवश रद्ध गरिएकोलाई दिने भएको छ । त्यस अन्तरगत युएससिआइएस वा आवेदकको निवेदनका आधारमा पहिले तोकिएको समयमा स्थगित भएको अन्तरवार्तालाई पहिलो प्राथमिकता दिइनेछ ।
 
त्यस्तै दोस्रो प्राथमिकता २१ दिनभन्दा थोरै समय पेन्डिङमा रहेका आवेदकलाई दिइने जनाएको छ । एसाइलमको लागि आवेदन दिएका व्यक्तिले फिङगर प्रिन्ट दिएपछि २१ दिनको सूचना दिएर अन्तरवार्ताको मिति तोकिएको हुन्छ । यस्ता व्यक्तिलाई दोस्रो प्राथमिकता दिइने जनाइएको छ । यस अन्तरगत अबदेखि नयाँ आवेदकको प्रकृया असाध्यै छिटो गतिमा अघि बढ्ने भएको छ ।
 
विगत चार वर्षदेखि एसाइलमको आवेदक दिएपछि अन्तरवार्ताका लागि तीन वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको आवेदकहरुले बताएका छन् । एकसय ५० दिनभित्र अन्तरवार्ताको मिति नआएपनि आवेदकले वर्क परमिटका लागि आवेदन दिन पाउने र त्यसैका आधारमा काम गर्न पाउने व्यबस्था छ ।
 
तर अब आवेदक दिएको ४५ दिनभित्रै एसाइलम दिने नदिने निर्णय हुनेगरि युएससिआइएस अघि बढेको छ । त्यसले गर्दा अब अन्तरवार्ताको मिति नआएपनि वर्क परमिट पाएर काम गर्न पाउने अवस्था नहुने अवस्था आउनेछ । वर्क परमिट दिनुपर्ने अवस्थानै नआउनेगरि चाँडो अन्तरवार्ता लिएर टुंगो लगाउने नीति युएससिआइएसले लिएको छ।
युएससिआइएसले तेस्रो प्राथमिकतामा पुरानो पेन्डिङ आवेदकलाई दिने भएको छ । सयौँ नेपालीहरु समेत ३/४ वर्षदेखि एसाइलमको अन्तरवार्ता मिति नआएर कुरेर बसेका छन् । 
 
नयाँ प्रावधानले एसाइलमलाई कडाइ गर्ने संकेत गरेको छ । अबदेखि कोही व्यक्ति वैधानिक वा अवैधानिक बाटोबाट अमेरिका आएको खण्डमा चाँडोभन्दा चाँडो निर्णयमा पुगेर एसाइलमको योग्यता नपुगेकाहरुलाई संबन्धित देशनै फर्काउने संकेत दिएको छ । यसले गर्दा पहिले जस्तो एसाइलम सहज रुपमा पाउन कठिन हुने भएको छ ।
 
नेपालमा माओवादी द्वन्द्वको समयमा धेरै नेपालीले एसाइलम प्राप्त गरेर त्यसबाट ग्रीनकार्ड लिएका छन् । त्यतिखेरको द्वन्द्वलाई आधारमा मानेर अहिले पनि धेरै नेपालीले आवेदन दिँदै आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले इमिग्रेसनमा सुधार गर्ने घोषणासँगै एसाइलममा पनि कडाई गर्ने संकेत मिलेको छ ।