मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्टेट अफ युनियनमा ट्रम्प

स्टेट अफ युनियनमा ट्रम्प


हिमालयखवर संवाददाता
अमेरिका- 
राष्ट्रपति डोनाल्ड ट्रम्प द्धारा मंगलवार साँझ प्रेँषित वार्षिक नीतिगत मन्तव्य स्टेट अफ युनियनले अमेरिकासँग नेपालले अवलम्बन गर्दै आएको असफल कूटनीतिलाई भने धक्का लाग्ने भएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा इजरायलको राजधानी जेरुसेलम बनाउने अमेरिकाको निर्णय विरुद्ध संयुक्त राष्ट्र संघमा भोट गर्ने देशलाई अमेरिकाले किन सहयोग दिने भन्ने प्रश्न उठाएका छन् । 
 
यो साँझ म काँग्रेस र सिनेट सामु सोध्न चाहन्छु ,अमेरिका विरुद्ध जाने देशलाई भन्दा अमेरिकालाई सहयोग गर्ने मित्रलाई मात्र अमेरिकाले सहयोग किन नदिने राष्ट्रपतिले भने ।  अमेरिकी करदाताको पैसा अमेरिकाका मित्र देशलाई मात्र दिइनु पर्ने संकेत उनले गरेका छन् । 
 
राष्ट्र संघको उक्त प्रस्तावमा नेपालले पनि अमेरिका विरुद्ध मतदान गरेको थियो । अमेरिका पक्षमा मतदान गर्न सक्ने अवस्था नभएको भए अनुपस्थित हुने अवस्था हुदां हुँदै नेपाल विपक्षमा मतहाल्न पुगेका थियो । अमेरिका विरुद्ध किन मतदान गर्ने यसको कारण नेपाल सरकारले कतै खुलाएको छैन । 
 
अमेरिका र नेपाल बिच आर्थिक  र सैनिक सम्बन्ध मजबुत भइरहेको वेला नेपालले यस्तो गलत निर्णय गरेको थियो । अमेरिकामा अहिले नेपाली मूलका अमेरिकीको सङ्ख्या वृद्धि भइरहेको छ । यहाँ बस्ने कयौँ नेपाली पनि नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध राम्रो होस भन्ने चाहान्छन् । अमेरिकाले नेपाललाई अहिले विद्युत् ट्रान्समिशन लाइन लगायत पूर्वाधार क्षेत्रमा ५० अर्ब रुपैंया बराबरको अनुदान सहयोग दिएको छ । यस्तो अवस्थामा नेपाल अमेरिका विरुद्ध गएको हो ।
 
अमेरिकालाई पहिलो प्राथमिकतामा राखेर ल्याइएको उक्त मन्तव्यमा एक वर्ष देखि उठिरहेका इमिग्रेशन, कर सुधार लगायतका नीतिलाई प्राथमिकता दिइएको छ । राष्ट्रपतिले आफ्नो सम्बोधनका क्रममा एक वर्षमा भएका आर्थिक उपलब्धिका व्याख्या गरेका थिए । एक वर्ष यता अमेरिकाको शेयर बजार निकै माथि चढेको छ । रोजगारका अवसर वृद्धि भएका छन् । आर्थिक विस्तारको गतिपनि सन्तोषजनक छ । 
 
राष्ट्रपति द्धारा प्रस्तावित इमिग्रेशन नीतिले नेपालीलाई अमेरिका आउन अहिले भन्दा कठिन हुने छ । 
 
राष्ट्रपति ट्रम्पले चार खम्बाको इमिग्रेशन सुधार नीति घोषणा गरेका छन् । यो नीतिको मुख्य विषय जथाभाबी हचुवाका भरमा आप्रावासी नल्याई मेरिटका आधारमा ल्याउने भन्नेमा केन्द्रित छ । अंकका आधारमा जसले अमेरिकाको अर्थतन्त्रलाई योगदान दिन सक्छ त्यसलाई अमेरिकामा स्थायी बसोबास गर्ने नीति ट्रम्पले घोषणा गरेका छन् ।
 
योग्य नेपालीलाई भने यस नीतिले अमेरिका आउन सजिलो बनाउने छ । तर, यसको सट्टा डीभी लटरी बन्द गरिने छ । डीभी प्रति ट्रम्पले कडा आपत्ति जनाएका छन् । यो डीभी लटरी यस्तो प्रोग्राम हो यसले अयोग्य व्यक्तिले पनि ग्रिनकार्ड पाईरहेकाछन् ट्रम्पले भने यसको सट्टा मेरिटका आधारमा कुशल व्यक्तिलाई ग्रिनकार्ड दिइने छ । नेपाल पनि डीभी लटरी भर्न पाउने देशमा पर्छ । यसमार्फत बार्षिक  सयौँ नेपाली ग्रिनकार्ड लिएर अमेरिका आउन पाइरहेका छन् ।
 
नाबालक हुदां अमेरिका आई यहाँ पढेका राम्रा अवस्थामा रहेका ड्रिमर्सलाई १२ वर्ष भित्र नागरिकता दिन सकिने ट्रम्पले घोषणा गरेका छन् । यो नीतिले नेपालीलाई खासै फाइदा गर्दैन । नेपाली ड्रिमर्स छैनन् भन्दा पनि हुन्छ । 
 
राष्ट्रपति ट्रम्पले अमेरिका बस्ने आप्रावासीले आफ्ना परिवार ल्याउन पाउने चेन माइग्रेशन पनि रोकिने बताएका छन् । यो चेन माइग्रेशनलाई रोकेर अमेरिकामा रहेको एक परिवारको अवधारणालाई रक्षा गरिने उनले बताएका छन् । अव आप्रावासीले परिवारका नाबालक र पति वा पत्नीलाई मात्र ल्याउन पाउने छन् । यो व्यवस्था पनि नेपालीका लागि प्रतिकूल छ । यसले यहाँ स्थायी बसोबास गर्ने नेपालीका बा आमा लगायतलाई ग्रिनकार्ड प्राप्त गर्न कठिन हुने छ ।
 
न्यूयोर्कमा भएको आतंकी हमलामा डीभी लटरी र चेन माइग्रेशनका कारण सम्भव भएको समेत बताए । यो जोखिम अव अमेरिकाले उठाउन नसक्ने पनि उनले बताए ।