मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्टेट अफ युनियनमा ट्रम्पले भने डीभी लटरीको मिति सकियो, यो खारेज गर्नु पर्छ

स्टेट अफ युनियनमा ट्रम्पले भने डीभी लटरीको मिति सकियो, यो खारेज गर्नु पर्छ


हिमालयखवर संवाददाता
अमेरिका-
राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार साँझ काँग्रेस र सिनेटको संयुक्त सदनमा महत्त्वपूर्ण मन्तव्य दिदैं  डीभी लटरी कार्यक्रम समाप्त गर्नु पर्ने, अमेरिका परिवारका सदस्यको स्पोन्सरका आधारमा ग्रिनकार्ड वा अमेरिका भ्रमण गर्न पाउने अहिलेको व्यवस्थालाई कडा बनाउने घोषणा गरेका छन् । 
 
उक्त संयुक्त बैठकमा अमेरिकाको भविष्य मानिने सरकारको नीतिगत मन्तव्य स्टेट अफ युनियन प्रस्तुत गर्ने क्रममा ट्रम्पले ३० वर्ष देखिको गलत इमिग्रेशन नीति सुधार गर्न काँग्रेसको सहयोग पनि मागेका छन् । 
 
उनले राष्ट्रिय महत्त्वको उक्त बैठकमा इमिग्रेशन सुधार चार खम्बा (पिलर)का आधारमा गरिनुपर्ने भन्दै व्याख्या गरेका छन् । यी चार खम्बामा नाबालक हुदां गैरकानुनी रूपमा अमेरिका छिरेका योग्य ड्रिमर्सलाई १२ वर्षमा नागरिकता दिने, दक्षिण सीमामा पर्खाल लगाउने, डीभी लटरी जस्तो पुरानो मिति सकिएको कार्यक्रमबाट विदेशी ल्याउने र परिवारका सदस्यले अन्यलाई ल्याउन पाउने चेन प्रणाली समाप्त पार्नु पर्ने बताए । 
 
अहिले इमिग्रेसन सुधार सम्बन्धी विद्येयक संसदमा विचाराधीन छ । यसमा दुई प्रमुख पार्टी बिच छलफल भइरहेको छ । विपक्षी डिमोक्र्याट पार्टीले ड्रिमर्सलाई यहाँ बस्ने अधिकार दिन लगायत उदार इमिग्रेशन नीतिको माग गरिरहेका छन् ।
 
दक्षिण सिमावाट गैरकानुनी रूपमा आप्रावासी आउँदा अमेरिकामा अपराध बढेको, लागुपदार्थ कारोबारले प्रशय पाएको र सामान्य योग्यता भएका अमेरिकीले प्रतिस्पर्धा गर्नु परेको बताउँदै राष्ट्रपति ट्रम्पले यसलाई रोक्नपनि पर्खाल जरुरी भएको बताए । 
 
राष्ट्रपति ट्रम्पले अमेरिकामा केही महिना अघि भएका आंतककारी हमलामा डीभी लटरी र परिवारको स्पोन्सरका आधारमा अमेरिका आउन पाउने अहिलेको प्रणाली दोषी भएको सङ्केत पनि गरे ।  
 
अमेरिकालाई मजबुत बनाउन पुर्वाधारहरुमा व्यापक लगानी गर्ने पनि घोषणा ट्रम्पले गरेका छन् ।
 
उक्त सम्बोधनमा राष्ट्रपति ट्रम्पले घरेलु मामिला, आंतककारीको समस्या, अरब इजरायल नीति, अर्थतन्त्र, रोजगार, विदेशनीति लगायत थुप्रै नीति घोषणा गरेका छन् । 
 
सम्बोधन सुरु गरेको एक घण्टा नहुदैं उनले इमिग्रेशन प्रणालीका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।फोटो: सामाजिक संजाल