मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आदिवासी जनजाति महांसघ अमेरिकाको अध्यक्षमा रानामगर

आदिवासी जनजाति महांसघ अमेरिकाको अध्यक्षमा रानामगर


 न्युयोर्क (अमेरिका)-  नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को छैठौं महाधिवेसनबाट अध्यक्षमा मानबहादुर रानामगर निर्वाचित भएका छन् ।
 
न्युयोर्कमा सम्पन्न निर्वाचनमा रानाले ४० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी मणि बाङ्देलले २२ मत प्राप्त गरेका थिए। नवनिर्वाचित अध्यक्ष राना फिप्नाका पूर्व महासचिव र मगर वर्तमान महासचिव हुन ।
 
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को महासचिवमा प्रेम गुरूङले ४० मतले बिजयी भए भने उनका प्रतिद्वन्दी बिनिता तामाङले २२ मत प्राप्त गरेकी थिईन्। फिप्ना कार्य समितिका निर्विरोध निर्वाचित अन्य पदाधिकारीहरू र सदस्यमा वरिष्ठ उपाध्यक्षमा राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा , सचिवमा गोवा शेर्पा ढोक्प्या, कोषाध्यक्षमा बिजय मान सिंह, सदस्यहरू जय वीर गुरूङ र फुर्पा लामा ह्योल्मो छन्।