मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको मिडिया समिति गठन

एनआरएनको मिडिया समिति गठन


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को मिडिया तथा प्रकाशन समिति गठन भएको छ । तीन महिना अघि काठमाडौँमा सम्पन्न एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनपछि निर्वाचित कार्यसमितिले मिडिया तथा प्रकाशन समितिलाई पूर्णता दिएको हो । समितिको अवधि सन् २०१७ देखि २०१९ को हुने छ ।
 
समितिको संयोजकमा एनआरएनए अन्तर्राष्ट्रिय समितिका प्रवक्ता भुषण घिमिरे छन । सहसंयोजकमा अमेरिका क्षेत्रवाट विजय घिमिर, एशिया प्रशान्त क्षेत्रवाट हेमन्त काफ्ले र युरोपवाट चिरन शर्मा चयन भएका छन् । समितिका सदश्यमा अमेरिकाबाट आङ छिरिङ शेर्पा र होम लम्साल सदश्यमा चयन भएका छन् । 
 
एनआरएनएको स्थापना देखि यसका गतिविधिलाई नजिकवाट लेख्दै र सम्पादन गर्दै आएका घिमिरे हाल अमेरिका र नेपालवाट संचालन हुने हिमालयखवर अनलाइनका प्रधान सम्पादक पनि हुन् । नेपालमा पत्रकारितामा रहंदा घिमिरे कारोबार दैनिको कार्यकारी सम्पादक, नागरिक दैनिकको अर्थसम्पादक, एक दशक भन्दा वढी समय कान्तिपुर आर्थिक व्यरो संयोजक थिए ।  
 
अष्ट्रेलियामा वस्ने हेमन्त काफ्ले नेपाल पत्रकार महासंघका पुर्व कोषाध्यक्ष हुन् । हाल सेतोपाटीसंग आवद्ध काफ्ले अष्ट्रेलियावाट सकृय रुपमा पत्रकारिता गरिरहेका छन् । बेलायत वस्ने चिरन शर्मा नागरिक दैनिक र त्यहांको अनलाइनसंग आवद्ध छन् । शर्मा पत्रकारिता र एनआरएन अभियान दुवैमा सकृय छन् । 
 
अमेरिकाबाट सदश्यमा चयन भएका न्यूयोर्क वस्ने शर्पा यस अघि कान्तिपुर दैनिकसंग आवद्ध थिए । सगरमाथा आरोहण गर्ने पहिलो पत्रकार शेर्पा लामो समय देखि न्यूयोर्कमा पत्रकारिता गरिरहेका छन् । न्यूयोर्क नेपाली समुदायमा केन्द्रित गरी शेर्पाद्धारा सन्चालित र सम्पादित एभरेष्ट टाइम्स हो । शेर्पा नेपाल अमेरिका पत्रकार संघका पुर्व अध्यक्ष पनि हुन् । उनी न्यूओर्कमा समुदायिदक पत्रकारितामा अनुभवी मानिन्छन् । अमेरिकाका क्षेत्रवाट मनोनित सदस्य लम्साल नागरिक दैनिकसंग आवद्ध छन् । लम्सालले यस अघि एनआरएन पत्रकारिता पुरष्कार पनि पाएका थिए । नेपाल रहंदा पनि लम्सालले एनआरएन अभियानका वारेमा उनले लेख्दै आएका थिए । 
 
अन्य क्षेत्रवाट सदस्य चयन हुनेमा  डिल्ली ढकाल, बुद्धिसागर घिमिरे, रामचन्द्र गिरी, किसन राई, आनन्द कोइराला, दिलकुमार श्रेष्ठ, मेघराज सापकोटा, नवराज बिके, शुक्र लामा, बसन्त रानाभाट, फणिन्द्र भट्राई, प्रजय शुक्ला, गोकुल लामिछाने छन् ।