मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा सामुदायिक भवन निर्माणार्थ सप्ताह लगाइने

कोलोराडोमा सामुदायिक भवन निर्माणार्थ सप्ताह लगाइने


कोलोराडो (अमेरिका)- नेपाली र नेपाली भाषी भुटानीहरूको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सहयोग संकलन गर्न श्रीमद्भागवत् महापुराण लगाइने भएको छ ।
 
कोलोराडोमा कृयाशिल सकृय सबै संघ संस्था तथा समाजसेवीहरूको आयोजनामा आगामी अप्रिल २८ देखी मे ५ तारीक सम्म पंडित दिनबन्धु पोख्रेलको उपस्थितिमा डेनभर मेट्रो भित्र सप्ताह महापुराण लगाइने भएको हो ।
 
नेपाली घरको आव्हानम्ाँ शुक्रवार सम्पन्न कोलोराडोमा कृयाशिल संघ संस्था तथा समाज सेवीहरूको भेलाले सामुदायिक भवन निर्माण गर्न पुराण लगाउने सर्व सम्मत निर्णय गरेको हो । 
 
भेलाले भागवत्पुराण सफलताको साथ सम्पन्न गर्न ९ सदस्सिय समाजका गन्यमान्य महानुभाव रहेको अध्यक्ष मण्डल समेत चयन गरेको छ । यसरी सर्व सम्मत निर्णयगरी चयन गरिएका महानुभावहरूमा डा.बिष्णुबहादुर श्रेष्ठ, डा.बिजयराज शर्मा, रामप्रसाद श्रेष्ठ, नारायण श्रेष्ठ, नवीन दत्त, पुरुषोत्तम पाण्डे रहेका छन् । बाँकी ३ सदस्यको चयन निकट भविष्यमै गरिने नेपाली घरका अध्यक्ष लक्ष्मण रानाले बताएका छन् ।   
 
त्यसै गरी मूल आयोजक समितिको माताहतमा रहने गरी एक सचिवालय समिति र एक कार्यकारी समिति गठन गरिने छ । यी समितीहरुमा कोलोराडोमा कृयासिल सबै संघ संस्थाका अध्यक्ष, समाजका गन्यमान्य, बुद्धिजीवी, ब्यावसाही, धार्मिक गुरुहरू, पत्रकार, तथा कलाकारहरू रहने छन् । त्यस्तै सप्ताह माहायज्ञलाई सफलताका साथ सम्पन्न गर्न अर्थोक उपसमिति, प्रचारप्रसार उपसमिति लगायत ३० भन्दा बढी उपसमितीहरु र हरेक सहरमा सहयोग समितिहरू गठन हुने बताइएको छ । 
 
यसै गरी सोही भेलाले नेपाली घरले विगत ८ वर्ष देखी निर्माण गर्ने भन्दै आएको सामुदायिक भवन कोलोराडोमा कृयाशिल सबै संघ संस्थाहरू तथा समुदायको सामूहिक स्वामित्व रहने गरी निर्माण गरिने सहमति गरेको छ । त्यसै गरी महापुराण सम्पन्नगर्न गठित सबै संघ संस्थाका अध्यक्ष, समाजका गन्यमान्य, बुद्धिजीवी, ब्यावसाही, धार्मिक गुरुहरू, पत्रकार, तथा कलाकारहरू रहेको एक समिति स्थायी रहने छ । 
 
उक्त समिति भवन निर्माण सम्पन्न नभए सम्म रहने यसै भेलाले निर्णय गरेको छ । साथै भेलाले कोलोराडो निवासी सबै नेपाली र नेपाली समुदाय प्रति सद्भावराख्ने महानुभावहरूलाई उक्त अवधिमा मिलेसम्म काममा बिदा मिलाई हरेक दिनको भागवत्पुराण श्रवणगर्ने वातावरण बनाउनुहुन र यथा सक्य दानगरि पुण्य कमाउन सबैलाई हार्दिक अनुरोध गरेको छ ।