मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

हरियो पासपोर्ट

हरियो पासपोर्ट


न म अर्थ बुझ्छु, नत मेरो सरकारनै बुझाउँछ
दस्तुर लिन्छ, हरियो पासपोर्ट हातमा थमाउँछ
बाजेले आर्जेको झुप्रे अनि टुक्रे बारी हराउँछ
मेरो समाज पासपोर्ट लिँदा देखिनै पर्ब मनाउँछ II 
 
अनि त  सपनाको महलको जग पूजा सुरु हुन्छ
हातमा पासपोर्ट बोक्दै दलालको खोजी हुन्छ
न अर्थ लाउन सक्छु म, नत  दलालले लगाउँछ
लाखौं लिन्छ, हण्डर दिन्छ, बल्ल भिसा थमाउँछ II
 
न म नै खोजी गर्छ, न कसैले चासो नै दिन्छ 
बिशाल महल हेर्ने कल्पना मै मन रमाउँछ
घरबारीसँगै धितो राखेको खुशी सल्बलाउँछ
जिन्दगीको खडेरीले ठुलै जहाजमा  पुर्याउछ  II
 
जब पुगिन्छ सपनाको  देश, नौलो भाषा अनि भेष छ
न बुझिन्छ न त बुझाइन्छ, हण्डर अब सजिलै खाइन्छ
फेरि अर्को झुण्ड भेटिन्छ, आफ्नै बाट सपना रेटिन्छ
न दिन न रात नै हुन्छ, गर्नु छ काम जे जस्तो भेटिन्छ II
 
आफ्नो लागि हैन अब आफन्तका लागि जिउँनु पर्छ
घरदेशको सम्झनासँगै साटेको मन्दबिष पिउनुपर्छ
न जिउने कला नै सिकिन्छ, न त कसैले सिकाउँछ
उम्कन नसक्ने गरि पिंजडा भित्रै नै मान्छे हराउँछ II
 
नतिजा जे होस् आँट हुनेले महाआँट देखाउछ
जिन्दगीसँग थाक्नेले सायद आफै पासो लगाउँछ
न आँटले न त ठाँटले  नै यहाँ काम चलाउँछ
आखिर सपना बन्दुकको गोली भित्र  हराउँछ II
 
न मैले सिक्ने कोसिस गर्छु, न कसैले सिकाउँछ
लाश बनिसकेपछि अलिकति  बुध्दि पलाउँछ
फेरि यहाँ अर्को नयाँ किस्ताको हिसाब सुरु हुन्छ
अब लाश वरिपरि पनि दुर्गान्धित श्वासहरू भेटिन्छ II
 
येस्तै  कथा व्यथासँग मान्छे मुग्लानमै बिलाउँछ 
मेरो सरकार त अरू लाश बटुल्ने बोरा सिलाउँछ
फेरि पनि घरदेशमा युवाको सपना यसै बिलाउछ
गर्ब गर्छ मेरो सरकार, हरियो पासपोर्ट थमाउँछ ।।​
 
– प्लानो, टेक्सस​