मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली मन्दिर ऋणबाट मुक्त (भिडियो सहित)

नेपाली मन्दिर ऋणबाट मुक्त (भिडियो सहित)


हिमालयखवर संवाददाता-
ड्यालस (टेक्सस)। नेपाली संस्कृति तथा आध्यात्मिक केन्द्रले मन्दिरको सबै ऋण चुक्ता गरेर नयाँ ठाउँमा जग्गा खरिद गरेको छ ।
 
मन्दिरको बाँकी रहेको ९७ हजार डलर ऋण चुक्ता गर्नुका साथै युलेसमा पहिलेनै खरिद भएको जग्गासँगैको नयाँ जग्गा खरिदको सम्झाैता बुधबार भएको छ । बुधबार ३० हजार डलर डाउन पेमेन्ट गरेर  युलेसमा पहिलेको जग्गासँगै २ दशमलव ५ एकड जग्गा थपिएको हो ।
 
पहिले रहेको ३ दशमलव ७५ एकड जग्गाको मूल्य अनुमानित ८ लाख डलर रहेको छ । अहिले थपिएको २ दशमलव ५ एकड जग्गासँगै ११ लाख डलरको जग्गा मन्दिरले जोड्न सफल भएको छ ।
 
केन्द्रले युलेसमा मन्दिरका लागि प्रयाप्त जग्गा जोडेपछि नयाँ मन्दिर बनाउने कार्य अघि बढाउने संकेत दिइको छ । केन्द्रले शुभेच्छुक, दाताहरूसँग सहयोग लिएर पुरानो ऋण चुक्ता गर्नुका साथै नयाँ ठाउँमा जग्गा जोड्न सफल भएको अवसरमा ड्यालसका नेपाली समुदाय खुशी भएका छन् । अब नयाँ ठाउँमा मन्दिर बनाउन अघि बढ्नुपर्ने धारणा स्थानीय नेपाली अगुवाहरूको छ ।
 
नयाँ खरिद गरिएको जग्गा अहिले भएको मन्दिर रहेको भन्दा ठूलो ठाउँ हुनुका साथै ड्यालस र फोर्टवर्थ शहरको बीचमा रहेको छ । यसले गर्दा नयाँ ठाउँ धेरै नेपालीहरुका लागि पायक हुने मन्दिर बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्यालले बताए ।