मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

१८ लाख ड्रीमर्सलाई अमेरिकी नागरिकता दिन सकिने ह्वाइट हाउसको नयाँ प्रस्ताव

१८ लाख ड्रीमर्सलाई अमेरिकी नागरिकता दिन सकिने ह्वाइट हाउसको नयाँ प्रस्ताव


हिमालयखवर संवाददाता 
अमेरिका-
राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक ड्रीमर्स प्रति लचिलो देखिएका छन् । यदि सिनेट र काँग्रेसका सदस्यहरूले मेक्सिको सीमामा पर्खाल लगाउन २५ अर्ब डलर स्वीकृत गर्न सघाउने हो आफुं सबै ड्रिमर्सलाई नागरिकता दिन तयार रहेको ट्रम्पले संकेत दिएका छन् ।
 
विश्व आर्थिक सम्मेलनमा भाग लिनु जानु अघि ट्रम्पले उक्त संकेत दिएका हुन् । यो आप्रावासीको कडा मेहिनेतको पुरष्कार  हो, ट्रम्पले भनेका छन् ।  ह्वाइट हाउसले यस सम्बन्धी एउटा नयाँ प्रस्ताव तयार पारेको सीएनएनले जनाएको छ ।
 
वैध कागजात विना नाबालक हुदां अमेरिका आएका र यही बढेकालाई  ड्रीमर्स भनिएको छ । यस्ता ड्रीमर्सको सङ्ख्या करिब ८ लाख रहेको बताइएको छ । तर, ह्वाइहाउसको प्रस्तावमा डिफर्ड एक्सन अफ चाइल्डहुड एराइभल्स (डीएसीए) मा दर्ता भएका ड्रीमर्स बाहेक यसका लागि योग्यलाई पनि नागरिकता दिन सकिने उल्लेख छ ।  नयाँ ट्रम्पले यसरी आएर यही हुर्केका १८ लाखसम्मलाई नागरिकता दिन तयार रहेको बताएका छन् । उनीहरूले नागरिकता पाउन भने १० देखि १२ वर्षसम्म कुर्नु पर्ने छ । 
 
तर, ड्रिमर्सको बदलामा आप्रावासी नीतिलाई कडा बनाउने आफ्नो प्रस्तावलाई विपक्षीले समर्थन गर्नु पर्ने ट्रम्पको प्रस्ताव छ । 
 
पर्खालका लागि उक्त २५ अर्ब डलर रकम बाहेक अमेरिकामा वैध बस्दै आएका आप्रावासीले आफ्नो नाबालक संन्तान र परिवार ल्याउन पाउने सुविधा भने समाप्त पार्ने ह्वाइट हाउसको प्रस्तावमा उल्लेख छ । 
 
राष्ट्रपतिको नयाँ प्रस्तावले नेपालीलाई भने खासै फाइदा हुदैंन । अमेरिकामा नाबालक हुदां आई यही बढेका नेपाली ड्रीमर्स छैनन् भन्दा पनि हुन्छ । भए पनि एकादुई होलान् । तर, यसको बदलामा इमिग्रेसन कानुन कडा हुदां सजिलै अमेरिका आउन पाइरहेका नेपालीलाई अप्ठ्यारो पर्ने छ । 
 
यो प्रस्तावले डीभी लटरीपनि समाप्त हुन सक्छ । इमिग्रेसन सुधार सम्बन्धी संसदमा प्रस्तुत विद्येयकमा डीभी लटरी समाप्त गर्ने पनि उल्लेख छ । यसको सट्टामा अमेरिकाको अर्थतन्त्रलाई योगदान दिन सक्ने योग्यलाई मात्र अमेरिका ल्याउने  विद्येयकमा राखिएको छ ।