मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

३५ हजार फिटमा जहाज हुदां गवर्भतीलाई सुत्केरी व्याथा लागेपछि

३५ हजार फिटमा जहाज हुदां गवर्भतीलाई सुत्केरी व्याथा लागेपछि


हिमालयखवर संवाददाता
अमेरिका-
जहाज ३५ हजार फिटमा उडिरहेको थियो,  गर्भवती महिला यात्रुलाई सुत्केरी व्याथा लाग्यो । जहाज कर्मचारीले जहाजमा कोही डाक्टर भएमा सम्पर्क गर्न आग्रह गरे । संयोगवश जहाजमा दुई जना डाक्टर यात्रा गरिरहेका रहेछन् । ती डाक्टरकै सहयोगमा उडिरहेको जहाजमा एक स्वस्थ बालक जन्मियो । 
 
सुत्केरी व्यथा लागेकी महिलालाई बच्चा जन्माउन एक २७ बर्षिय डाक्टर र बालबालिका सम्बन्धी चिकित्सकले सहयोग गरेका थिए । उनीहरूकै सहयोगले ३५ हजार फिटमा स्वास्थ्य बालक जन्मिएका हुन् । 
 
एयर फ्रान्सको जहाज न्यूयोर्कको जेएफके विमानस्थल तर्फ आइरहेको थियो । ती गभर्वती महिलालाई उक्त जहाज कम मानव वस्ती भएको ग्रिनल्याण्ड माथि अकाशमा सुत्केरी व्यस्थाले छोयो । 
 
ग्रिनल्याण्डमा सैनिक विमानस्थलमा जहाजले आपत्कालीन अवतरण गर्न सक्ने सम्भावना थियो । तर, उक्त विमानस्थलमा पुग्न पनि दुई घण्टा समय लाग्ने भएपछि जहाजले आपत्कालीन अवतरण नगरी न्युयोर्क नै अवतरण गर्ने निर्णय पाइलटले लिए । किनकि न्यूयोर्कपनि लगभग त्यही समयमा पुगिन्थ्यो । 
 
तर, एयरपोर्टमा जहाज अवतरण गर्नु अघिनै गर्भवती ओग्नुदिपीको पेटबाट सानो सुन्दर बालक बाहिर आए । 
 
डाक्टर सिज हमल युरोलोजी विशेषज्ञ हुन् । तर, डाक्टरी पढाइको क्रममा उनलाई बच्चा जन्माउन पनि सकाइएको थियो । उनले पढ्दा ७ वटा डेलिभरी केशमा सहयोग पुर्‍याएका थिए । यही अनुभव उनले जहाजमा उपयोग गरे । डा सिज र अर्का चिकित्सकले जहाजमा उपलब्ध औषधी र मेडिकल उपकरण जम्मा गरे ।
 
सुत्केरी हुन लागेकी महिलाको ब्लड प्रेसर, अक्सिजन रेट, र नाडीको धड्कन नापे । एक घण्टाको व्यथापछि ओग्नुदिपीले बच्चा जन्माइने । जहाज अवतरण हुनभन्दा जम्मा दुई मिनेट अघि बच्चा जेक जन्मिए । 
 
जहाज अवतरण पछि आमा र बच्चालाई त्यहाँको जमाइका हस्पिटल मेडिकल सेन्टरमा लगियो । बच्चा जन्माउन सहयोग गर्ने डाक्टरले भने आफ्नो यात्रालाई निरन्तरता दिए । तर, खाली हात भने जानु परेन ।
 
डाक्टरले एयरलाइन्सका तर्फबाट अर्को पटकको यात्राका लागि भौचर र स्याम्पियनको बोटलपनि पाए । जहाजमा स्याम्पियनको मज्जा लिन नपाएका डाक्टरलाई यो सोधभर्ना पनि भयो । फोटो: सामाजिक संजाल