मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपालका विश्व चर्चित आँखा चिकित्सक डा सन्दुक रोहितलाई भारतको सर्वोच्च पुरष्कार

नेपालका विश्व चर्चित आँखा चिकित्सक डा सन्दुक रोहितलाई भारतको सर्वोच्च पुरष्कार


हिमालयखवर संवाददाता
काठमाडौँ- नेपालका विश्व चर्चित आँखा डाक्टर सन्दुक रोहितले भारतको सबैभन्दा ठुलो पद्यश्री पुरष्कार पाएका छन् । भारत सरकारले बिहीबार सार्वजनिक गरेको उक्त देशकै सबैभन्दा ठुलो पुरष्कार पाउने ८५ जनाको सुचीमा डा रोहितपनि छन् । पद्य पुरष्कार पाउनेमा रोहित सहित १६ जना विदेशी छन् ।
 
डा रोहितलाई चिकित्सा विद्यामा मा आँखा सम्बन्धी उपचार क्षेत्रका लागि उक्त पुरष्कार दिइएको हो ।  डा रोहित नेपाल लगायत अमेरिका, सिंगापुर, लाओस्, आउँदी अरेबिया, म्यानमार, ब्रुनाई रसियाका नागरिकले पनि उक्त पुरष्कार पाएका छन् । पुरष्कार पाउनेमा विदेशमा बस्ने भारतीय, १४ जना महिला छन् । 
 
रोहित काठमाडौँ स्थित तिलगंगा आँखा अस्पतालसँग आबद्ध छन् । यो अस्पतालले उत्पादन गर्ने आँखामा राख्ने लेन्स संसारभर गुणस्तरका लागि प्रसिद्ध छ । आँखामा लाग्ने रोग जसले आँखा बन्द हुन्छ जलविन्दु, मोती वन्दुको सस्तोमा सर्जरी गर्ने क्षेत्रमा रोहित विश्वभर चर्चित छन् । उनले कयौँ आँखा नदेख्नेलाई उपचार द्धारा देख्ने बनाएका छन् ।
 
अमेरिकामा समेत डा रोहित र उनको कार्यलाई सम्मानका साथ हेरिन्छ । एक वर्ष अघि डा रोहितका बारेमा विश्वकै चर्चित पत्रिका द न्यूयोर्क टाइम्सले फिचर लेखेको थियो ।
 
यो पुरष्कार प्रत्यक वर्ष भारतका राष्ट्रपति द्धारा राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिन्छ । 
 
पद्य पुरष्कार भारतको सबैभन्दा ठुलो पुरष्कार मध्ये एक भएको भारतको गृहमन्त्रालय द्धारा जारी प्रेस नोटमा उल्लेख छ । प्रेस नोट अनुसार यो पुरष्कार पद्य बिभूषण, पद्य भुषण, पद्यश्री तीन श्रेणीमा प्रदान गरिन्छ ।
 
यो पुरष्कार कला, सामाजिक कार्य, लोककार्य, विज्ञान एवं इन्जिनियरिगं, व्यापार एवं उद्योग, चिकित्सा, साहित्य एवं शिक्षा, खेल समाजसेवा लगायतका विषयका लागि प्रदान गरिन्छ । यी क्षेत्रमा असाधारण र विशिष्ठ योगदान दिनेलाई यो पुरष्कार प्रदान गरिने प्रेस नोटमा उल्लेख छ । 
 
पद्य श्री कुनै पनि क्षेत्रमा विशिष्ठ सेवनाका लागि प्रदान गरिन्छ । भारतको गृहमन्त्रालयका अनुसार उक्त पुरष्कारका लागि १५ हजार ७ सय आवेदन आएका थिए । यो पुरष्कार पाउने डा रोहित पहिलो नेपाली भने होइनन् ।