मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

हामीले टीपीएसका लागि गर्नु पर्ने काम गरिहरको छौँ ,राजदूत कार्की

हामीले टीपीएसका लागि गर्नु पर्ने काम गरिहरको छौँ ,राजदूत कार्की


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाका लागि नेपाली राजदूत डा अजुर्न कार्कीले नेपालीले पाएको टीपीएसको निवकरण सम्बन्धमा दूतावासले आफ्नो तर्फबाट सकारात्मक पहल गरिरहेको जानकारी दिएका छन्। एनआरएन अमेरिकाको प्रतिनिधिमण्डलाई बुधवार राजदूत कार्कीले उक्त जानकारी दिएका हुन् । 
 
एनआरएन अमेरिकाले टीपीएस नविकरणका लागि पहल गर्न आग्रह गर्दै वधुवार राजदूत कार्कीलाई ज्ञापन पत्र बुझाएको थियो । उक्त भेटमा सहभागीका अनुसार राजदूतले वासिंटनका टीपीएससंग सम्बद्ध अधिकारीसँग भेटघाटको कार्यक्रम पनि रहेको जानकारी दिदैं आफ्नो तर्फबाट गर्नु पर्ने काम गरिरहेको बताएका थिए । 
 
एनआरएन अमेरिकाले नेपालमा पनि प्रधानमन्त्री, परराष्ट्रमन्त्री तहमा टीपीएसका लागि लबिगं गर्दा राम्रो हुने कुरा पनि छलफलका  क्रममा उठेको थियो । राजदूतले भने आफूले पहिले पनि टीपीएसको नविकरणका लागि पत्र पठाएको बताउँदै आफूले गरेका काम बताएका थिए । 
 
टीपीएस नविकरणका लागि पहिलो नेपाल सरकारले अनुरोध गर्दै पत्र पठाउनु पर्छ । यो पत्र कहिले सम्म नेपालले पठाउँछ यो भने राजदूतले केही नबताएको छलफलमा सहभागीले हिमालयखवरलाई जानकारी दिए । नेपालमा निर्वाचन भई नयाँ सरकार बनिनसकेका अवस्था भएकाले पत्र पठाउन समय लागेको अनुमान गरिएको छ । 
 
करिब १२ हजार नेपालीसँग टीपीएएस छ । यस मध्ये अधिकांशले अर्को स्ट्याट्समा जानका लागि पहल गरिसकेको जानकारहरू बताउँछन् । टीपीएस नविकरण गर्दा कति नेपालीलाई फाइदा हुन्छ कतिलाई वेफाइदा भन्ने यकिन छैन । तर, केही केशमा टीपीएस लिएका तर, एलाइलमका लागि निवेदन दिएकालाई भने केही समस्या आएको छ ।
 
राजदूत निवासमा भएको भेटमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष जेदु पोखरेल, कार्यकारी सदस्य सञ्जय थापा, पत्रकार शैलेश श्रेष्ठ लगायत करिब २ दर्जन सहभागी थिए ।