मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सौराहामा फूड फेष्टिवल हुने, पर्यटकका लागि १५ प्रतिशत छुट

सौराहामा फूड फेष्टिवल हुने, पर्यटकका लागि १५ प्रतिशत छुट


चितवन । भ्यालेन्टाइन्स डे को अवसरमा यही माघ २८ देखि फागुन ३ सम्म चितवनको सौराहामा १२औँ सौराहा फुड फेष्टिवल आयोजना गरिने भएको छ । 
 
रेष्टुरेष्ट एण्ड वार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूह चितवनको आयोजना तथा क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूहको सह–आयोजनामा महोत्सव हुन लागेको सौराहामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । फूड फेस्टिवलको तयारी तीव्र बनाइएको कार्यक्रम संयोजक कपिल रेग्मीले जानकारी दिए । 
 
उनले फेस्टिवलमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन हुने बताए । सौराहामा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेष्टुरेष्टहरुले खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको घोषणा गरेका छन् । सौराहामा यो समय पर्यटकका लागि अफ सिजन भएकाले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि खाना महोत्सव आयोजना गरिएको हो । 
 
महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० बृद्धबृद्धा र अपाङ्गलाई तथा अर्काे १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने क्षेत्रीय रेवान चितवनका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । यस्तै ४० प्रतिशत रकम घुम्ती शौचालन निर्माणका लागि, ५ प्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने गिरीले बताए । 
 
महोत्सवमा कुल रु ७० लाख आम्दानी हुने र ५५ लाख खर्च हुने तथा दैनिक ३० हजार बढी पर्यटक आउने अनुमान गरिएको क्षेत्रीय रेवान चितवनका निवर्तमान अध्यक्ष लालबहादुर भट्टले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरुसहित स्थानीय कला संस्कृतिको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।