मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

डिभोर्सपछि हाँस्य कलाकार मनोज गजुरेलकाे यस्ताे खुलासा

डिभोर्सपछि हाँस्य कलाकार मनोज गजुरेलकाे यस्ताे खुलासा


हाँस्य कलाकार मनोज गजुरेलले पत्नीसँग सम्बन्ध बिच्छेद, डिभोर्सको बिषयलाई लिएर दर्शकसामू क्षमा मागेका छन । सामाजिक काममा लाग्दा पारिवारिक समस्या समाधान गर्न असफल भएको भन्दै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमाफृत माफी मागेका हुन । गजुरेलले निकै मार्मिक भनाइ राख्दै डिभोर्स हुनुमा दुवैको बरावर हिस्सा रहेको बताएका छन । उनले भनेका छन, ‘ हामी दुबै गलत होइनौं तर फरक रहेछौं ।’
 
यस्तो छ मनोजको भनाई
 
श्रध्देय शुभेच्छुक महानुभावहरू,
सबैमा हृदयदेखि नमन !
मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ । हामी बिगत दुई दशकभन्दा बढि समयदेखी बैवाहिक बन्धनमा बाँधिएका हौं । हामीबाट एक छोरा र एक छोरीको जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो ।
 
हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेका छौं ।
 
एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन । जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।
 
यो संवदनशिल घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मिनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततीको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।
 
अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मिठो अनुभूतिकालागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु ।