मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मनिषको हत्यारा पक्राउ परे

मनिषको हत्यारा पक्राउ परे


हिमालयखवर संवाददाता

टेक्सस(अमेरिका)- टेक्सस ड्यालस स्थित गारल्याण्ड स्टोरमा काम गरिरहेका वेला गोली हानेर नेपाली मनिष पाण्डेको हत्या गरी भाग्ने दुई जना लुटेरा पक्राउ परेका छन् । फक्स ४ न्यूजका अनुसार २३ वर्षीय डारेल दिवान नाश र १९ वर्षका चाभेज टेरी नाश टेक्ससमै पक्राउ परेका हुन् । उनीहरू आफन्तसमेत भएको प्रहरीले जनाएको छ । 

 
उक्त हत्यामा संलग्न आरोपितका बारेमा सुराक दिन प्रहरीले ५ हजार अमेरिकी डलरको पुरष्कार समेत घोषणा गरेको थियो । 
 
स्थानीय रेडियो प्रस्तोता जेरी रेनोल्ड्सले पनि मनिषको हत्याराका बारेमा प्रहरीलाई सुराक दिनेलाई आफ्नो तर्फबाट ५ हजार डलर पुरष्कार घोषणा गरेका थिए । 
 
द कार प्रो सो नामक रेडियो कार्यक्रम सञ्चालक रेनोल्ड्सले मनिष मृदु भाषी सधैँ ग्राहकसँग राम्रो व्यवहार गर्ने भएकाले राम्रो कामका लागि पैसा दिन पाउँदा खुसी भएको जनाएका छन् । 
 
पक्राउ परेका दुवै हत्या आरोपितलाई हिरासतमा राखिएको छ । भिडियो क्यामरामा हत्याराको हुलिया देखाएकाले पनि पक्राउ गर्न सजिलो भएको जनाइएको छ ।
 
कालो हुडी लगाएर आएका कालोवर्णका व्यक्तिले शनिवार राती करिब ११ बजे तिर नेपालीको स्वामित्वमा ब्रोडवे एभेन्यूमा रहेका एक्जोन ग्यासं स्टारेमा काम गरिरहेका बेला मनिषलाई गोली हानेका थिए । प्रतिरक्षाका क्रममा लुटेरासंग मनिषको सामान्य झडप पनि भएको थियो । 
 
यही क्रममा गोली हानेर हत्यारा भागेका थिए । मनिषको त्यही मृत्यु भएको थियो । उनी ३५ वर्षका थिए । स्टोरको क्यामरामा हत्याराको हुलिया देखिएको छ । यस आधारमा हत्यारा पहिचान गरी पक्रन सजिलो हुने प्रहरीले जनाएको छ । गत सेप्टेम्बरमा पनि उक्त ग्यांस स्टोरमा लुटपाट भएको थियो । 
 
उक्त ग्यांस स्टेशनमा आउनेहरुले मनिष प्रति भावपुर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । कंयौ स्थानीयले मनिषको व्यवहारबाट आफूहरू प्रभावित भएको बताउँदै यस्तो घटना हुन गएकोमा दुख्ख व्यक्त गरेका छन् । प्रहरीले हत्याराको खोजीलाई व्यापक बनाएको थियो । फोटो:  फक्स ४ न्यूज