मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्कमा २९६औं पृथ्बी जयन्ति तथा राष्ट्रीय एकता दिवस सम्पन्न

न्युयोर्कमा २९६औं पृथ्बी जयन्ति तथा राष्ट्रीय एकता दिवस सम्पन्न


१४ जनवरी २०१८ आईतबार का दिन न्युयोर्क को ज्याक्सन हाईट मा अवस्थित शेर्पा केदुगमा २९६औं पृथ्बी जयन्ति तथा राष्ट्रीय एकता दिवस धुमधाम हर्षोल्लास का साथ सम्पन्न गरिएको छ I



राप्रपा निकट प्रवासी नेपाली एकता समाज को आयोजना र व्यवस्थापन मा आयोजित कार्यक्रम मा गैर्ह आवासीय नेपाली संघ अमेरिका का महासचिव श्री बि. आर. लामा, नेपाली जनसम्पर्क समिती अमेरिका का सभापती, प्रवासी नेपाली मंच का महासचिब तथा न्युयोर्क लाई कार्य क्षेत्र बनाएर बिभिन्न पेशा तथा व्यवसाय मा संलग्न लब्ध प्रतिष्ठित प्रबुद्ध ब्याक्ति हरु ले पृथ्बी नारायण शाह ले नेपाल एकिकरण को शुरुवात गर्नु पर्ने कारण, यसको औचित्यता र बर्तमान सन्दर्भ मा यसको थप ऊपादयता को बारेमा सम्बोधन गर्नु भएको थियो

कार्यक्रममा बिभिन्न शुभेच्छुक संघ संस्था का प्रमुख, साहित्यकार तथा कलाकार हरु को समेत बाक्लो ऊपस्थिती रहेको थियो ! नेपाल सरकार का महाबाणिज्यदुत श्री मधु मरासीनी ज्यु प्रमुख अतिथि रहनु भएको ऊक्त कार्यक्रममा ऊहाँ ले बिगत को केहि बर्ष हरुमा बिभिन्न बाह्य तथा आन्तरिक कारण हरु ले पृथ्वि जयन्ति कार्यक्रम लाई एक ढंग ले ओझेलमा पारिएपनी हाल आएर सरकार ले पून: यसको एैतिहासिक गाम्भिर्यता लाई मनन गरि सार्वजनिक बिदा दिने निर्णय गरिनु स्वागत योग्य रहेको मन्तब्य ब्यक्त गर्नु भएको थियो I



न्युयोर्क लाई आधार बनाएर वकालत पेशा गरिरहनुभएका बरिष्ठ कानुनबिद श्री खगेन्द्र जिसी ले कार्यक्रम ऐतिहासिक रहेको र यस प्रकार को समारोह न्युयोर्क मा मात्र नभएर अमेरिका का अन्य शहर हरु मा पनि आयोजना गरि कम्तिमा बर्ष को एक एक दिन पृथ्वि नारायण शाह का योगदान र तिनको स्मरण गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो I 

कार्यक्रम को संयोजक र संचालन समाज का महासचिव श्री नबराज खडका ले गर्नु भएको थियो भने सभापतित्व समाज का अध्यक्ष श्री रूद्र राऊत ज्यु ले गर्नु भएको थियो I

प्रवासी नेपाली एकता समाज ले आफ्नो निमन्त्रणा लाई स्विकार गरेर कार्यक्रम मा पाल्नु भएका सम्पुर्ण महानुभावज्यु हरू, आऊने ईच्छा हुदाँ हुदैं पनि प्रतिकूल मौसम र स्वास्थ्य अवस्था का कारण ले आफ्नो ऊपस्थिती जनाऊन नसक्नुभएका हितैषि बर्ग हरु, कार्यक्रम को ऊपादयता र यसको बिहंगम गाम्भिर्यता लाई ह्दय बाट मनन गरि कार्यक्रम मा अतिथि को रूपमा ऊपस्थिती जनाईदिनु भएका अतिथि ज्यु लगायत सम्पुर्ण सहभागी हरूमा धन्यवाद ज्ञापन गरेको छ I

यसै गरि २९६ औं पृथ्वि जयन्ति तथा राष्ट्रीय एकता दिवस को ऊपलक्ष्यमा देश तथा प्रवास मा रहनुभएका सम्पुर्ण नेपाली जनजन अनि मनमन मा आपसी भाईचारा एकता र बन्धुबान्धत्व को अपनत्वता सदैव क़ायम रहिरहोस् भन्ने पनि समाज ले कामना गरेको छ I