मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जल्स फैब्रुअरी ११ मा सहरमा नेपाल आईडलको मेघा कन्सर्ट

लसएन्जल्स फैब्रुअरी ११ मा सहरमा नेपाल आईडलको मेघा कन्सर्ट


लसएन्जल्स (क्यालिफोर्निया)-  आगामी फेब्रुअरी ११ गते आइतबारको दिन आम नेपालीहरूको गौरव नेपाल आइडलको तिन उत्कृष्ट गायकहरूबाट अमेरिका क्यालिफोर्निया  लसएन्जल्स सहरमा पनि "मेघा कन्सर्ट " को आयोजना गरिने भएको छ र टिकट अनलाइन मार्फत पनि बुकिंग गर्न सकिने छ ।
 
आयोजकले सबैको सहजतालाई ध्यानमा राखेर कार्यक्रम प्रवेशको लागि अनलाइन मार्फत खरिद गर्दा ४० डलर र प्रत्यक्ष टिकट खरिद गर्दा ५० डलर कायम गरिएको छ । यस अघि कार्यक्रमलाई सहज र व्यवस्थित गर्नको लागि लसएन्जलसस्थित समुदाय केन्द्रित अन्तर्क्रिया समेत आयोजना गरिएको थियो ।
 
आयोजक नेपाली अमेरिकनका अगुवाहरु तारा गुरुङ, टेक वाइवा लामा र वीरवल बुढाथोकीले समुदायका सबैलाई कार्यक्रममा आईदिनुहुन आग्रह गर्दै मेगा कन्सर्टको आनन्द लिन  र भव्य सहभागिताको लागि अनुरोध गरेका छन् ।
 
कार्यक्रमको विवरण 
मिति: ११ फेब्रुवरी, २०१८
स्थान: 15311 Pioneer Blvd, Norwalk, CA 90650
समय: प्रवेश गर्ने साँझ ८:०० बजे
टिकटको लागि सम्पर्क व्यक्ति:
तारा गुरुङ, तारा हिमालयन कुजिन (५६२ ८६० ४६०८)
टेक लामा (५६२ ४१३ ११४८)
वीरवल बुढाथोकी (७१४ ३२६ ६४५१)